मिसन–८४ मा केन्द्रीत हुन ओलीको निर्देशन

काठमाडौं । प्रधानमन्त्री भएपछि थप हौसिएका एमाले अध्यक्ष केपी ओलीले अबको निर्वाचनमा पार्टीले बहुमत प्राप्त गर्ने गरी मिसन–८४ मा केन्द्रीत कार्ययोजना बनाउन निर्देशन दिएका छन् । केन्द्रीय सचिवालय बैठकले गरेको केन्द्रीय सदस्यहरुको कार्यविभाजनसहितको पछिल्लो निर्णयलाई अन्र्तपार्टी निर्देशन९अपनि० जारी गर्दै ओलीले देशभरका सबै कमिटिलाई त्यस्तो कार्ययोजना बनाउन निर्देशन दिएका हुन् । तीनवटै तहको सरकारमा महत्वपूर्ण सहभागिताले स्थानीय तहको काममा समेत अनुकूलता थपिएको भन्दै उनले तीनवटै तहका जनप्रतिनिधिको कामलाई योजनाबद्ध रुपमा अघि बढाउन भनेका छन् । केन्द्र र प्रदेश सरकारमा हाम्रो महत्वपूर्ण सहभागिताले स्थानीय तहको काममा समेत अनुकुलता प्राप्त भएको छ । अब मिसन–८४ लाई मध्यनजर गर्दै तीनै तहका जनप्रतिनिधिको कामलाई योजनाबद्ध रुपमा अघि बढाउनु
पर्दछ । ओलीको निर्देशनमा भनिएको छ ।
राष्ट्रिय महाधिवेशन प्रतिनिधि परिषदको बैठकले पार्टीलाई बलियो र निर्णायक शक्तिका रुपमा स्थापित गर्ने संकल्प गरेको छ । पार्टीको समग्र कामलाई पनि सोही उद्देश्य अनुरुप अघि बढाउनु पर्दछ । स्थानीय कमिटिका अधिवेशनहरु सम्पन्न भएसँगै अब सिंगो पार्टीको ध्यान निर्णायक राष्ट्रिय शक्ति निर्माणको संकल्प पुरा गर्ने दिशामा केन्द्रीत हुनुपर्छ ।

LEAVE A REPLY