काठमाडौं । सत्तासीन कांग्रेसमा एउटै व्यक्ति २ पटकभन्दा बढी प्रधानमन्त्री बन्न नपाउने बहस सुरु भएको छ । बहसको सुरुवात नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले गरेका छन् । यो बहसले सभापति शेरबहादुर देउवालाई भावि प्रधानमन्त्री बन्न पूर्ण रुपमा रोक लगाउने भएको छ । किनकी सभापति देउवा यसअघि पटक पटक प्रधानमन्त्री भैसकेका छन् ।
संस्थापन पक्षले पार्टी सभापति देउवालाई रोक्न यस्तो प्रस्ताव गरिएको आरोप लगाएको छ भने संस्थापन इतर पक्षले ‘पद्दती’ विकासका लागि यो प्रस्ताव अनिवार्य भएको तर्क गरेको छ । पार्टीको जारी केन्द्रीय कमिटिको बैठकमा महामन्त्री शर्माले एउटै व्यक्ति दुई पटकभन्दा बढी प्रधानमन्त्री हुन नपाउने गरी राखेको प्रस्तावका विरुद्धमा पार्टीका संस्थापन पक्षका नेताहरुले आक्रोस व्यक्त गरेका छन् । बैठकमा के।स। आरजु देउवा राणा र प्रवक्त डा।प्रकाशशरण महतले शर्माको प्रस्तावको विरोध गरेका थिए । उनले भने ‘एक्जिट पोलिसी व्यवहारिक छैन, यसलाई पारित गर्ने हो भने सभापति देउवा फेरि प्रधानमन्त्री बन्न पाउनु हुन्न ।’
उता महामन्त्री शर्माले भने नेतृत्व बहिर्गमनका लागि राष्ट्रपति एक पटक, प्रधानमन्त्री दुई पटक, मन्त्री तीन पटक र सांसद बढीमा चार पटक हुन पाउने गरी प्रतिवेदन बैठकमा छलफलका लागि पेश गरेका थिए । बैठकमा आरजु देउवा राणाले भनिन् ‘प्रधानमन्त्री कति पटक हुने भनेर पार्टीले तोक्ने होइन । प्रधानमन्त्री कति पटक बन्न पाउने भन्ने विषयमा कुनै प्रावधान पार्टीको विधानमा नै राख्नु पर्दछ भन्ने मलाई लाग्दैन । यो त अनुभव, काम तथा उसको प्रभावकारिताका आधारमा हुने हो ।’ राणाले प्र्रत्यक्ष निर्वाचनमा नै ३३ प्रतिशत महिला उम्मेदवारी गर्ने गरी पार्टीले नीति बनाउनु पर्ने धारणा राखिन्