नेपाल मंकीपक्सको उच्च जोखिममा

काठमाडौं । नेपालमा कोभिड–१९ मत्थर भएको २ वर्षपछि भाइरसद्वारा उत्पन्न हुने रोग मंकिपक्स रोग देखा पर्न थालेको छ । अघिल्लो वर्ष यो रोग चौपायाहरुमा लाग्दा हजारौं पशुको मृत्यु भएको थियो । अहिले मानिसमा समेत देखा पर्दा आतंक बढ्न थालेको छ ।
अफ्रिकी महाद्विपबाट सुरु भएको यो रोग तीव्र गतिमा विश्वका अनय महाद्विपमा पनि पुगिसकेको छ । गत साता पाकिस्तानमा मंकीपस्कस संक्रमण देखिएको छ । पाकिस्तानमा यो रोग देखा परेसँगै नेपालमा समेत मंसिपक्सको उच्च जोखिममा परेको छ ।
मंकिपक्सको संक्रमण देखिएको व्यक्तिमा सुरुमा ज्वरो आउने टाउको दुख्ने, सुन्निने, ढाड दुख्ने र मांसपेशी दुख्ने जस्ता लक्षण देखापर्ने
गर्दछन् । यो संक्रमण १४ देखि २१ दिनसम्म रहने स्वास्थ्य विज्ञले बताएका छन् ।
यो रोग खासगरी संक्रमित व्यक्तिको नजिकको संशर्गबाट
फैलिन्छ । यौ सम्पर्क र छालाको सम्पर्कबाट यो रोग फैलिन्छ । यो रोग फैलिनबाट बच्ने सबैभन्दा राम्रो उपाय भनेको संक्रमित व्यक्तिको नजिक नजाने, मंकिपक्स विरुद्धको खोप लगाउने लगायतका क्रियाकलाप गर्नुपर्ने डब्लुएचओले बताएको छ ।

LEAVE A REPLY