शंखमुल हत्या प्रकरणमा२२ वर्षीय युवक पक्राउ

काठमाडौँ । काठमाडौँ महानगरपालिका–१० शंखमुलस्थित द टाइम पास स्नुकर एण्ड खाजा घरमा रूपक बान्तवाको हत्या गरेको आरोपमा प्रहरीले बाराको सिम्रौनगढ घर भएका २२ वर्षीय एमके कुमार लाई पक्राउ गरेको छ ।
भदौ १० गते बिहान ४० वर्षीय रूपक बान्तवाले आफ्नै घरमा सञ्चालन गरेको स्नुकरमा उनको हत्या भएको हो ।
बिहान १ बजेर ५० मिनेटमा सूचना पाएपछि प्रहरी पुग्दा बान्तवा स्नुकर रुमको सोफामा रगतपच्छे अवस्थामा पल्टिरहेका थिए । मिनभवनस्थित सिभिल अस्पतालका चिकित्सकहरूले उनलाई मृत घोषणा गरेका हुन् ।
एमके कुमारलाई घटनास्थल नजिकै रहेको उनको डेराबाट पक्राउ गरिएको अनुसन्धानमा संलग्न एकजना अधिकृतले बताए ।

LEAVE A REPLY