समृद्धिका लागि युवा स्वदेश फर्काउनुको विकल्प छैन

राजनीतिक दलका नेता र राजनीतिक नेतृत्वहरु हरेक भाषणमा भन्ने गर्दछन् ‘मुलुकमा समृद्धि ल्याउछौं, देशको विकास अघि बढाउछौं’ जहिले पनि उनीहरुको रटान नै यस्तै हुन्छ । जनता ढाट्ने काम बाहेक अरु केही भएको छैन । समृद्धिका लागि आवश्यक पर्ने युवाशक्ति नेपालमा भविष्य नदेखेर दिनहु“ विदेश पलायन भईरहेका छन् । कोही रोजगारी खोज्ने त कोही उच्च शिक्षा हासिल गर्ने बहानामा विदेश पलायन भईरहेका
छन् । उनीहरु पलायन हुने क्रमसँगै अर्बौ रुपैयाँ पनि बाहिरिरहेको अवस्था छ । यो अवस्था अन्त्य नगरेसम्म र भावी दिनमा युवपुस्ता विदेशिन नरोकेसम्म मुलुकमा समृद्धिको कल्पनै गर्नु सकिदैन । रोजगारीका लागि विदेशीएका युवाले पठाएको रेमिट्यान्सबाट मात्रै मुलुक समृद्ध बन्न नसक्ने यथार्थता अहिलेसम्मका गतिविधिले प्रष्ट पारीसकेको छ । यस्तो अवस्थामा समृद्धिको रटान गर्नु र सुन्नुको कुनै अर्थ छैन ।
युवाशक्ति र विद्यार्थी विदेशीदा गाउँबस्तीमा केटाकेटी र वृद्धवृद्धा मात्र बाँकी छन् । शैक्षिक संस्थामा हुनुपर्ने विद्यार्थीको बाञ्छित संख छैन । विद्यार्थीहरु कक्षा १२ र स्नातक सकेर विदेश जाने र उतै पलायन हुने क्रम बढ्दो छ । राम्रो प्रतिभाशाली विद्यार्थी र स्वस्थ्य कामदार जो मुलुक समृद्धिका लागि चाहिने तत्व नै बाहिरिए पछि कसरी बन्छ मुलुकमा समृद्धि रु नेतृत्वले सोच्ने विषय नै यही हो ।
अहिलेको अचम्म लाग्दो अवस्था भनेको स्वदेशीले आफ्नो देशमा कुनै भविष्य नदेख्ने र विदेशीले लगानीको राम्रो भविष्य देख्नु हो । उनीहरुले जुन कोणबाट नेपालमा भविष्य देखिरहेका छन् त्यो कोण नै हामीले सृजना गर्न सकेनौं । जुन विडम्वनापूर्ण छ । यो अवस्थाले स्वदेशी विदेशीमा र विदशै नेपालमा भरिने सम्भावना पनि त्यतिकै छ । त्यसैले नेता र नेतृत्वले साच्चै मुलुकमा समृद्धि ल्याउन चाहन्छन् भने विदेशीएका युवा सबै स्वदेश फर्काउने र स्वदेशमा सीप र क्षमता अनुसारको रोजगारी दिन आवश्यक छ । सस्तो मूल्यमा चर्को श्रम विदेशमा गर्नुभन्दा स्वदेशमै चर्को श्रम गर्ने हो भने मुलुक समृद्धिबाट धेरै टाढा
छैन । तर भाषणमा मात्र सिमित रहने हो भने, समृद्धि दिनप्रतिदिन पर–पर सर्दै जाने छ ।
अहिले युवाशक्तिको अभाव र विदेशीन बाँकी रहेका युवा समेतमा अल्छिपना बढ्दा उर्वर भूमि बाँझे बस्ने र सागको मूठामा समेत परनिर्भरता हुनुपर्ने तितो यथार्थता कायमै छ । यसको निराकरण गर्दै जानु पनि अति आवश्यक छ । समृद्धिको रटान भाषणामा मात्र होइन व्यवहारमै उतार्न जरुरी छ ।

LEAVE A REPLY