एकीकृत समाजवादीको पदाधिकारी चयन, नेपाल पदाधिकारीमा पनि बलियो

काठमाडौं । एकीकृत समाजवादी पार्टीको नेताहरुको लामो कसरत पछि पनि पदाधिकारी चयन हुन नसकेपछि निर्वाचनद्वारा पदाधिकारी चयन गरिएको छ । निर्वाचन परिणाम सार्वजनिक भइसकेको छ । अन्तिम परिणाम अनुसार उपाध्यक्षमा माधव नेपाल निकट मानिएका तीन जना विजयी हुँदा चौथो उपाध्यक्षमा भानुभक्त जोशी विजयी भए । उपाध्इक्षमा नेपाल पक्षका डा।गंगालाल तुलाधर १८९, जगन्नाथ खतिवडा १६१, प्रकाश ज्वाला १४५ र भानुभक्त जोशी १५६ मतले विजयी भएका हुन् । जोशी बाहेक अरुलाई मत दिन नेपाल निकट नेताहरुले चिट बाडेका थिए ।
एकीकृत समाजवादीको पदाधिकारी चयन गर्दा अध्यक्ष माधव नेपाल र महासचिव घनश्याम भुषाल पक्षले प्यानल खडा गरेका थिए । सम्मानीत नेता झलनाथ खनालले समेत भुषाल प्यानललाई सघाएको बताइएको छ ।
यसैगरी महिला उपाध्यक्षमा भने जयन्ती राई विजयी भइन् । उहाँले निकटतम प्रतिद्वोन्दी रामकुमारी झाँक्रीलाई पराजित गरिन् । राईले १९९ मत पाउँदा झाँक्रीले ११२ मतमा चित्त बुझाउनु पर्यो । यस्तै मधेशी क्लष्टरमा धर्मनाथ प्रसाद शाह विजयी भए । उनले १६४ मत पाउँदा रामचन्द्र झाले १४४ मत पाए ।
यसैगरी चार उपमहासचिवका लागि १९ जनाको उम्मेदवारी परेको थियो । मतपरिणाम अनुसार मेटमणि चौधरी १५८ मतसहित विजयी भए । यो अन्य प्रतिस्पर्धीभन्दा सबैभन्दा बढी हो । यस्तै रामकुमार खड्का र गरिमा शाह समान १०७ मत पाएर विजयी भए भने राजेन्द्र राईले १०६ मत पाएर जित आफ्नो पोल्टामा पारे । पाँच सचिवका लागि भएको निर्वाचनमा २६ जना उम्मेदवार रहेका थिए । जसमा श्रीनाथ बराल १०७, शेरबहादुर कुँवर १५३, चन्द्रबहादुर शाही ९१, सोमप्रसाद पाण्डे १४१ र साविधी कुमारी भुषाल १०६ मत पाएर विजयी भए । गत असार १६ देखि २० गतेसम्म काठमाडौंस्थित प्रज्ञा भवनमा भएको दशौं महाधिवेशन बाट अध्यक्षमा माधवकुमार नेपाल, सम्मानीत नेता झलनाथ खनाल र महासचिव घनश्याम भुषाल सर्वसम्मत भएका थिए । बाँकी पदाधिकारी चयन हुन बाँकी थियो ।
पदाधिकारी निर्वाचनबाट कम्तीमा सात जना महासचिव भुषालको निकटबाट विजयी भएको बताइन्छ । बाँकी ११ जना अध्यक्ष नेपाल निकटका पदाधिकारी आएका हुन् । एकीकृत समाजवादीको पदाधिकारी चयनबाट नेपाल बलियो देखिए पनि महासचिव भुषालको पनि पार्टीमा सोच भन्दा राम्रो स्थिति रहेको देखिएको छ । पार्टी अघि बढाउदा अध्यक्ष नेपालले महासचिव भुषालसँग साथ र सहयोग लिनुनर्पे अवस्था छ । यो पदाधिकारी चयनको अन्तिम परिणामलाई लिएर नेपाल, भुषाल र खनालले अहिलेसम्म केही भनेका छैनन् ।

पदाधिकारी निर्वाचनबाट कम्तीमा सात जना महासचिव भुषालको निकटबाट विजयी भएको बताइन्छ । बाँकी ११ जना अध्यक्ष नेपाल निकटका पदाधिकारी आएका हुन् । एकीकृत समाजवादीको पदाधिकारी चयनबाट नेपाल बलियो देखिए पनि महासचिव भुषालको पनि पार्टीमा सोच भन्दा राम्रो स्थिति रहेको देखिएको छ । पार्टी अघि बढाउदा अध्यक्ष नेपालले महासचिव भुषालसँग साथ र सहयोग लिनुनर्पे अवस्था छ । यो पदाधिकारी चयनको अन्तिम परिणामलाई लिएर नेपाल, भुषाल र खनालले अहिलेसम्म केही भनेका छैनन् । एकीकृत समाजवादीको पदाधिकारी चयन, नेपाल पदाधिकारीमा पनि बलियो

LEAVE A REPLY