फेरी सिमलतालबाट ट्रक त्रिशूली नदी किनारमा खस्यो

काठमाडौं । नारायणगढ–मुग्लिन सडकखण्डको सिमलतालमा ना ६ ख ६२८३ नम्बरको ट्रक दुर्घटनामापरेको छ । उक्त ट्रक आज बिहानत्रिशूली नदी किनारमा खसेको प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक भेषराज रिजालका अनुसार भरतपुर महानगरपालिका–२९, पच्चीस किलोबाट ट्रक नदी छेउमा खसेको हो । ट्रकका चालक र सहचालकको खोजी भइरहेको छ । घटनास्थलमा इलाका प्रहरी कार्यालय मुग्लिनको टोली पुगेको उनले बताए ।

LEAVE A REPLY