काठमाडौं । सहकारी बचत अपचलन प्रकरणमा गोर्खा मिडिया ग्रुपका सञ्चालकसमेत रहेका पूर्वडीआईजी छविलाल बन्जाडेलाई पक्राउ गरेलगत्तै पूर्वगृहमन्त्री रवि लामिछानेसमेत प्रहरी निगरानीमा परेपछि रास्वपाले काठमाडौं उपत्यकाका राष्ट्रिय स्वतन्त्र पार्टी कार्यकर्तालाई केन्द्रीय कार्यालयमा बोलाएको छ । रास्वपा बागमती प्रदेशका सभापति डा. अच्युत्तम लामिछानेले उपत्यकाका पार्टी सदस्यहरुलाई छिटो केन्द्रीय कार्यालयमा उपस्थित हुन आग्रह गरेका हुन् ।
केन्द्रीय कार्यालय पुगिसकेका रास्वपाका एक कार्यकर्ताले प्रदेश सभापतिले मेसेज गरेपछि आफुहरु एकिकृत हुँदै गरेको जनाएको छ । सभापति रवि लामिछाने सहित केन्द्रीय नेताहरु पार्टी कार्यालय बनस्थलीमा रहेको रास्वपाका एक नेताले जानकारी दिए । सहकारी ठगी प्रकरणमा संसदीय छानबिन समितिले कारबाही सिफारिस गरेका रास्वपा सभापति तथा तत्कालीन गोर्खा मिडियाका प्रबन्ध निर्देशक रवि लामिछानेलाई पक्राउ पर्ने आशंकामा रास्वपाले त्तत्काल नेता तथा कार्यकर्ताहरुलाई कार्यालयमा बोलाएको हो ।
आइतबार गोर्खा मिडिया नेटवर्क प्रालिका तत्कालीन सञ्चालक पूर्वडीआइजी छविलाल जोशीलाई पक्राउ गरेलगत्तै प्रहरीले रास्वपा कार्यालयमा पक्राउ गर्ने सुचना पठाएपछि रास्वपाले आकस्मिक भेला बोलाएको हो ।








