काठमाडौं । राष्ट्रिय राजनीतिमा बेलाबेलामा चर्चामा रहने राष्ट्रिय मुक्ति क्रान्तिका संयोजक राजेन्द्र महतोले नयाँ पार्टीको घोषणा गरेका छन् । काठमाडौंमा राष्ट्रिय मुक्ति क्रान्तिको विस्तारित बैठकबाट महतोले नयाँ राजनीतिक दल घोषणा गरेका हुन् । कार्तिकको पहिलो सातामा निर्वाचन आयोगमा पार्टी दर्ता गराउने गरी प्रक्रिया अघि बढाउने पनि महतोले बताए ।
उनले पार्टीको नाम भने ‘राष्ट्रिय मुक्ति क्रान्ति नेपाल’ रहने जानकारी दिए । राष्ट्रिय मुक्ति क्रान्तिको विस्तारित बैठकले पार्टीको अध्यक्ष महतो स्वयं रहने निर्णय समेत गरेको छ । लोकतान्त्रिक समाजवादी पार्टीलोसपा नेपालबाट अलग भएको करिब आठ महिनापछि महतोले नयाँ पार्टी घोषणा गरेका हुन् । नेता केशव झाका अनुसार पार्टीको पदाधिकारीहरु टुँगिएको
छैन । पदाधिकारी र पार्टीको संरचना टुंग्याएपछि दल दर्ता गरिने उनले बताए । बैठकले निर्वाचन आयोगमा दल दर्ता गराउने सम्पूर्ण अधिकार अध्यक्ष महतोलाई दिएको छ ।
महतो नेतृत्वको दलमा उनीसँगै लोसपा छाडेका नेताहरुको बाहुल्यता छ ।