The former Prime Minister of Nepal, Mr. Sher Bahadur Deuba meeting the Union Minister for Commerce & Industry and Textiles, Shri Anand Sharma, in New Delhi on June 13, 2013.

काठमाडौं । मुलुकको प्रमुख दलकासभापतिएवंपूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले नेपालको संविधानले लोकतन्त्र र मानवअधिकारका विश्वव्यापी मान्यतालाई आत्मसात गर्दै सबैको हक अधिकार सुनिश्चित गरेको उल्लेख गरेका छन् । संविधान दिवसको अवसरमा विहिवार शुभकामना व्यक्त गर्दै देउवाले कांग्रेसको नेतृत्वमा जननिर्वाचित प्रतिनिधिद्वारा वि।सं। २०७२ असोज ३ गते संविधान सभाबाट पारित भई घोषणा भएको नेपालको संविधान लामो र संघर्षपूर्ण लोकतान्त्रिक आन्दोलनको एउटा महत्वपूर्ण उपलब्धी भएको बताउनुभएको छ । सभापति देउवाले संविधानको संरक्षण र संघीय लोकतान्त्रिक स्थायित्व कायम गर्दै मुलुकलाई आर्थिक समृद्धिको मार्गमा अग्रसर गराउन दिवसले सबैलाई प्रेरमणा प्रदान गर्ने विश्वास व्यक्त गर्नुभएको छ । आजको यस घडीमा संविधानको सफलतासँगै देशको समुन्नतीलाई सुनिश्चित गर्ने संकल्प जरुरी रहेको देउवाको भनाई छ ।

LEAVE A REPLY