राप्रपाको आन्दोलन दशै र तिहार पछि

काठमाडौं । मुलुकको फरक धारको नेतृत्व गरिरहेको राष्ट्रिय प्रजातन्त्र पार्टीले आसन्न दशैं तिहार लगत्तै काठमाडौं केन्द्रीत आन्दोलन गर्ने भएको छ । त्यसको लागि टोलटोल, गाउँगाउँ, जिल्लाजिल्लामा व्यापक तयारी भइरहेको केन्द्रीय प्रवक्ता सगुन लावतीले जानकारी दिए ।
‘राप्रपा यस पटकको आन्दोलनलाई निर्णायक बनाउने तयारीमा छ, जसका लागि देशभरबाट २० हजार युवा उतार्ने हाम्रो तयारी छ ।’ राप्रपा प्रवक्ता लावतीले भने
आन्दोलनकै तयारी स्वरुप आज मंगलबार देखि राप्रपाले नेता तथा कार्यकर्तालाई प्रशिक्षण दिन सुरु गर्ने भएको छ । सुरुमा काठमाडौंका नेता तथा कार्यकर्तालाई प्रशिक्षण दिइने भएको छ ।
राप्रपामा आबद्ध भुपु सैनिक र प्रहरीले प्रशिक्षण दिने भएका छन् । आगामी आन्दोलनलाई सफल र निर्णायक पार्न राप्रपाले महामन्त्री धवल शमशेर राणाको संयोजकत्वमा आन्दोलन परिचालन समिति गठन गरेको छ । राप्रपामा राजेन्द्र लिङ्देन अध्यक्ष भएपछि व्यापक रुपमा संगठन विस्तार भइरहेको देखिएको छ भने सर्वसाधारण जनताहरु पनि वर्तमान राजनीतिक अवस्था, राजनीतिक दलबाट आजित भई राप्रपा प्रवेश गर्नेहरुको ताती पनि बढ्दै गइरहेको देखिन्छ ।

LEAVE A REPLY