एनआईएमबीले पायो, भिसा इन्टरनेसनलद्वारा सम्मान

काठमाडौं । नेपाल इन्भेष्टमेण्ट मेगा बैंक लिमिटेड एनआईएमबी ‘एक्सिलेन्स इन न्यू पेमेन्ट फ्लज इस्युर’बाट सम्मानित भएको छ ।
भिसा इन्टरनेसनलद्वारा काठमाडौंमा आयोजित लिडरसिप कन्क्लेभ नेपाल २०२४ मा एनआईएमबी सम्मानित भएको हो ।
विगत ४ दशक देखि ग्राहकवर्गहरुलाई गुणस्तर सेवा दिदैं आएको एनआईएमबीले आगामी दिनहरूमा पनि ग्राहकलाई आधुनिक डिजिटल माध्यममा थप सेवा तथा सुविधा दिने प्रतिबद्धता जनाएको छ ।
हाल बैंकको २७४ शाखा कार्यालय, ६५ वटा एक्सटेन्सन काउन्टर, ७७ वटा शाखा रहित बैंकिङ र २६६ वटा एटीएम रहेको छ ।

 

 

LEAVE A REPLY