एनएमबि बैंकद्वारा गोर्बधन पलेशा सम्मानित

काठमाडौं । एनएमबि बैंकले एसियाली प्याराओलम्पिक खेलकुदमा नेपाललाई पहिलो ऐतिहासिक कास्य पदक दिलाउन सफल प्यारातेक्वान्दो खेलाडी पलेशा गोबर्धनलाई सम्मान गरेको छ ।
बैंकले गोबर्धनलाई नगद पुरस्कार ५ लाख १ हजार रुपैयाँले सम्मान गरेको हो । साथै उनका प्रशिक्षक कविराज नेगी लामालाई पनि १ लाख १ हजार रुपैयाँ प्रदान गरेको थियो ।
पलेशा गोबर्धनको प्रतिनिधित्व गरी उनको अभिभावकले उक्त नगद ग्रहण गरेका हुन् ।
पलेशाको उपलब्धि र नेपालमा खेलकुदको भावनाको सम्मान गर्दै एनएमबि बैंकको विशेष समारोहमा गोबर्धन र उनका प्रशिक्षकलाई सम्मान स्वरूप नगद हस्तान्तरण गरेको हो ।
एनएमबि बैंकले हाल देशभर आफ्ना २०१ शाखा, १८७ एटीएम र ११ एक्सटेन्सन काउन्टरमार्फत वित्तीय सेवा प्रदान गर्दै आइरहेको छ ।

LEAVE A REPLY