काठमाडौं । एनएमबी बैंकले बुद्ध भिसा डेबिट कार्ड होल्डरहरूका लागि चाडपर्वमा बुद्ध एयरको वेबसाइटबाट फ्लाइट टिकट काट्दा १० प्रतिशत क्यासब्याक अधिकतम ५०० रुपैयाँसम्म नगद दिने घोषणा गरेको छ ।
चाडपर्वको समयमा बैंकले ग्राहकहरूको यात्रामा सजिलो होस् भन्ने सहकार्यको लागि यो अफर घोषणा गरेको बैंकले जनाएको छ । यो अफर छठसम्मको लागि लागू हुनेछ, जसले ग्राहकहरूलाई बचतको लाभ लिन पनि प्रोत्साहित गर्दछ । थप जानकारीका लागि बैंकको कल सेन्टर ०१५९७०१७० वा नजिकैको शाखामा सम्पर्क गर्न बैंकले आग्रह गरेको छ ।









