ग्रामिण सडक अवरुद्ध भए पछि काभ्रेका ८५ पीडित परिवारलाई ड्रोनमार्फत खाद्यान्न पठाइँदै

काभ्रे ,गत साताको अविरल वर्षाका कारण ग्रामीण सडक अवरुद्ध भएपछि स्थानीयलाई खाद्यान्नलगायत सामग्री पठाउन काभ्रेको पनौती नगरपालिकाको १२ नं वडास्थित एक गाउँमा ८५ परिवारका लागि खाद्यान्न पठाउन ड्रोनको प्रयोग गरिएको छ ।
आइतबारदेखि हामी टिम नेपाल नामक संस्थाले एयरलिफ्ट टेक्नोलोजीको सहकार्यमा उक्त मगरगाउँमा चामललगायत खाद्यान्न सामग्री पठाउन थालेको हो ।
आइतबारदेखि पहिला परीक्षण गरी मगरगाउँमा केही मात्रामा चामल र सामग्री पठाइएको टिम नेपालका स्वयंसेवक परीक्षण हुमागाईंले बताए ।
उनका अनुसार आज उक्त गाउँका लागि तयारी गरिएको सामग्री पठाइनेछ ।
आज ड्रोनमार्फत पठाईने उपभोग्य सामाग्रीहरुमा चामल, सोलार बत्ती, नुन, तेल, मसला, सेनेटरी प्याड, बालबालिकाका लागि ल्याक्टोजिनलगायतको राहत सामग्री हुने छन् ।

गत साताको बाढीपहिरोका कारण काभ्रेमा हालसम्म मृत्यु हुनेको संख्या ७७ पुगेको छ । घटनामा ७५ जना घाइते भएका छन् ।

LEAVE A REPLY