दलहरुले यो विपद्मा न त चियापान नै गरे, न त बाढीपीडिहरुलाई राहत नै बाँडे ,

सनत गिरी – काठमाडौं । यतिबेला देश दशैं र तिहारको माहोलमा छ । गरिबले जसो तसो दशैं मनाए, तिहार उनीहरुको कस्तो हुन्छ थाहा छैन । त्यसो त यस पटक बाढीपहिरोले दर्जनौं जिल्लाका जनतालाई पिरोलिदियो । हजारौं जनताले सरकारी राहात पर्खिए तर पाएनन् । प्रधानमन्त्री राहत कोषमा बैंकदेखि कर्मचारीसम्मले रकम जम्मा गरे तर सरकारले बाढीपीडितलाई राहत दिन खासै रकम विनियोजन गरेका पाइएन । यस वर्षको बाढीपीडितले कति क्षति भयो । यसको यकिन तथ्यांक न सरकारी निकायसँग छ न अन्य निकायसँग छ । भनिन्छ यस पटकको बाढीपहिरोले करिब ५० अर्बको क्षति भयो ।
हुन त नेपालको बजेट खर्बौको छ । हजारौं जनता आहातमा परेको बेला सरकारले ५० अर्ब नै खर्च गर्ने कि ५ सय रुपैया, ५ हजार रुपैया, ५ लाख रुपैया वा ५० लाख रुपैया बटुल्ने, यदी यो सरकारमा रहेकाको खूलला दिल भएको भए भूकम्प पीडितले अझ तड्पिनु पर्ने थिएन । गैरसरकारी निकायबाट बाढीपीडितलाई उद्दार सामाग्री वितरण भइरहेको छ । तर सरकारबाट यस्ता सामाग्री वितरण गरेको देखिदैन । हुन त यस्तै प्रकृतिका विपत्ति पर्दा प्रधानमन्त्री कोषमा रकम जम्मा गर्ने प्रचलन नै रहेको छ । यदी सरकारमा रहेकाको खुल्ला दिल हुन्थ्यो भने सरकारी कोषबाटै रकम वितरण हुन सक्थ्यो । मन्त्री, प्रधानमन्त्री ठूलाठूला भाषण गर्छन् तर सयौंको ज्यान जाने गरी परेको यस पटकको विपत्तिमा राहत दिन किन नसकेका हुन् ? खाली कोरा भाषणले मात्र जनताको पेट भरिदैन घरबास बन्दैन , यस कुरा प्रति नेताहरले गम्भिर भएर सोच्ने बेला हो यो ।
हाम्रो देश गरिब छ, यो सबैलाई थाहा भएकै कुरा हो । तर त्यसभन्दा बढी सत्तामा रहनेको मन झन् गरिब रहेको यस पटकको बाढीपीडितप्रति देखाएको व्यवहारले पुष्टि गरेको छ । बाढीपीडितलाई सरकारी कोषबाट रकम दिन किन उनीहरुको खुट्टा काम्छ । किन, आफ्नै गोजीबाट रकम झिक्नु परेझैं गर्छन् नेताहरु ?
यतिबेला सत्तामा मुलुकका दुई ठूला दल कांगे्रस, एमाले नै छन । अरु विषयमा ठूला ठूला भाषण गर्ने कांग्रेस–एमालेका नेताहरु बाढीपीडितलाई राहत दिने विषयमा किन बोल्दैनन् ? त्यसमाथि सत्ता बाहिर रहेको संसदको तेस्रो ठूलो दलप्रतिपक्ष पनि बाढीपीडितलाई राहत दिने विषयमा किन सरकारलाई भकभक्याउँदैन । खाली कोरा राजनीतिका बारेमा मात्र उनीहरुको आवाज सुनिदैछ । बाढीपीडित खान नपाएर, लाउन नपाएर, बस्न बास नपाएर कराई रहेका छन् । मुलुकका ठूला दलका नेताहरु चुप लागिरहेका छन् । देशमा बाढीपहिरोले यत्रो वितण्डा मच्चायो यस्तो विषयलाई उनीहरु किन नजरअन्दाज गरिरहेका छन् ।
देशमा जनताले धान्नै नसक्ने गरी बाढीपहिरो गयो, जनताको घर भत्कियो, स्कुल भत्कियो, स्वास्थ्य चौकी भत्कियो । यो प्रमुख दलका नेतालाई थाहा छ । त्यही भएर यस पटक दशैं तिहारमा गर्ने चियापान कुनै दलले गरेनन् । यो देखावटी मात्र हो की साच्चै उनीहरु बाढीपीडितप्रति जिम्मेवार छन् । यदी उनीहरु जिम्मेवार पनि छन् भने एक करोड होइन अर्बौको बजेट बाढीपीडितलाई वितरण गर्न किन सक्दैनन् । यदी नीजि क्षेत्रबाट राहत बाड्न सकिदैन भने सकारी निकायबाटै किन रकम बाडिदैन ? खाली जनताको आँखामा छारो हाल्न नेताहरु लागेका छन् कि आगामी दिनमा साच्चै जिम्मेवार हुन्छन्, यो समयले देखाउला ।

LEAVE A REPLY