राप्रपा महामन्त्री राणा चाडै सक्रिय हुने

सनत गिरी,
काठमाडौं । क्यान्सर देखिएपछि भारतमा शल्यक्रिया गराएर राप्रपाका महामन्त्री धवलशमशेर राणा डिस्चार्ज भएका छन् । डिस्चार्जपछि उनी हाल भारतको मुम्बईमै स्वास्थ्यलाभ गरिरहेको राप्रपा प्रवक्त सगुन सुन्दर लावतीले जानकारी दिए ।
डिस्चार्जपछि उनले केही दिनमै नेपाल फर्केर पार्टीका एजेण्डामा अझ बढी सक्रिय रहँदै देश र जनताको सेवामा वफादार भएर निरन्तर लाग्ने बताए ।
‘जटिल रोगको उपचारबाट स्वस्थ भई पार्टीका एजेण्डाप्रति अझै बढी सक्रिय भएर निरन्तर लागिरहन ऊर्जा थपिएको छ । देश, जनता र पार्टीका एजेण्डाप्रति वफादार रही जीवनभर सेवा गर्ने प्रतिबद्धता व्यक्त गर्दछु । महामन्त्री तथा आन्दोलन परिचालन समितिका संयोजक राणाले सामाजिक सञ्जालमार्फत भनेका छन्– ‘तपाईहरुको माया, प्रेम, स्नेह र शुभेच्छा सँधै मिलोस् भन्ने कामना गर्दछु ।’ राप्रपा नेता राणालाई गिजामा क्यान्सर देखिएपछि भारत, मुम्बईको टाटा मेमोरियल अस्पतालमा डा.सुल्टान प्रधानको टिमले शल्यक्रिया गरेको थियो ।

LEAVE A REPLY