पत्रकार महासंघको निर्वाचन मंसिर २८ मा

काठमाडौं । पत्रकारहरुको छाता संगठन नेपाल पत्रकार महासंघको नयाँ नेतृत्व चयनका लागि आगामी मंसिर २८ गते निर्वाचन हुने भएको छ । विभिन्न आन्तरिक कारणले महासंघको निर्वाचन पटक पटक सर्दै आएको छ । त्यसो त नेपाल पत्रकार महासंघको संघसंगठनहरु उम्मेदवार चयन गर्ने तयारीमा लागेको
देखिन्छ । अहिलेसम्म चर्चामा आए अनुसार एमाले निकट प्रेस चौतारी को तर्फबाट अध्यक्षमा निर्मला शर्मा नेपाली कांग्रेस निकट प्रेस युनियनको तर्फबाट अध्यक्षमा रमेश विष्ट, एकीकृत समाजवादी निकट प्रेस संगठनका तर्फबाट शम्भु श्रेष्ठ, माओवादी निकट प्रेस सेन्टरका तर्फबाट रोशन पुरीको नाम अग्रपंक्तिमा रहेको छ ।
वरिष्ठ उपाध्यक्षमा भने एकीकृत समाजवादी निकट प्रेस संगठनले लोकप्रिय पत्रकार गोविन्द चौलागाईलाई अघि सार्ने चर्चा छ । उनी नेपाल पत्रकार महासंघको वर्तमान सचिव पनि हुन् ।
त्यस्तै प्रेस संगठनले महासचिवमा शान्ताराम विडारीलाई उठाउने चर्चा छ । विडारी पत्रकारमाझ झिजेका, सक्रिय रहेका, लोकप्रिय पत्रकार हुन् । यस्तै केन्द्रपछि महत्वका साथ लिइने नेपाल पत्रकार महासंघ काठमाडौंमा एमाले निकट प्रेस चौतारीले पुस्कर बस्नेतलाई उठाउने पक्कापक्की देखिएको छ । उनलाई नेपालको पत्रकारिता फाँटमा चर्चित र लोकप्रिय पत्रकारको रुपमा लिइन्छ ।

LEAVE A REPLY