सहकारी ठगीका आरोपीत रवि लामिछाने र छवि लाल जोशी विरुद्ध न्यायाधीशले गरे काठमाडौँमा पक्राउ पुर्जी जारी

काठमाडौँ, काठमाडौँ जिल्ला अदालतले रास्वपा सभापति एवं पूर्वगृहमन्त्री रवि लामिछाने र पूर्व डिआइजी छविलाल जोशीविरुद्ध पक्राउ पुर्जी जारी गरेको छ।
काठमाडौँको कालीमाटीस्थित स्वर्णलक्ष्मी बहुउद्देश्यीय सहकारी संस्थाको रकम अपचलनमा संलग्न रहेको आरोपमा लामिछाने र जोशीविरुद्ध काठमाडौँ जिल्ला अदालतका न्यायाधीश शिशिरराज ढकालले आज पक्राउ पुर्जी जारी गरेका हुन्।
अदालतका सूचना अधिकारी मेलिस बास्कोटाले रवि लामिछाने र छविलाल जोशीविरुद्ध पक्राउ पुर्जी जारी भएको जानकारी दिए। अब जिल्ला प्रहरी परिसर काठमाडौँले लामिछाने र जोशीलाई काठमाडौँमा झिकाएर अनुसन्धान गर्नेछ।
यसअघि लामिछानेलाई कास्कीबाट रूपन्देही झिकाएर बयान लिइएको थियो।

LEAVE A REPLY