काठमाडौं । राष्ट्रिय परिक्षा बोर्डले यो वर्षको माध्यमिक शिक्षा परिक्षा कक्षा १०को परिक्षा चैत्र ७ र १२ को वैशाख ११ गते गर्ने निर्णय गरेको छ । बोर्डले आफ्नो वेबसाइटमा सो सूचना जारी गरेको छ । सूचना अनुसार माघ पहिलो साता परिक्षा केन्द्र निर्धारण, माघ मसान्तभित्र परिक्षा केन्द्र इन्ट्री र रुजु, फागुन मसान्तभित्र आन्तरिक नम्बर पठाउने र वार्षिक परिक्षा सञ्चालन चैत्र ७ बाट गर्ने र असार ६ गतेभित्र परिक्षाफल प्रकाशित गर्ने उल्लेख छ ।
त्यस्तै कक्षा १२ को वार्षिक परिक्षाको आवेदन फारम पुष १ गतेबाट गर्नेछ । बोर्डले फागुन १ गतेभित्र परिक्षा तालिका सार्वजनिक गर्ने, फागुन १५ गतेभित्र परिक्षा केन्द्र निर्धारण गरी सिफारिस गर्ने तालिका सार्वजनिक गरेको छ । बोर्डले साउन १५ भित्र नियमित र कात्तिक १५ भित्र ग्रेडवृद्धि पुरक परिक्षाको नतिजा प्रकाशित गर्ने भएको छ ।








