काठमाडौं । यति बेला नेपालको राष्ट्रिय राजनीतिमा एमाले अध्यक्ष समेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमण बारेमा चर्चा छ । ओली भारतभन्दा पहिला चीन किन जादैछ भनेर नेपालको कुटनीति फाँटमा चासो बढेको हो । नेपालमा जो सुकैको नेतृत्वमा प्रधानमन्त्री भए पनि छिमेकी मित्रराष्ट्र चीनको भ्रमण गर्ने परम्परा जस्तो छ ।
यस पटक भारतले प्रधानमन्त्री ओलीलाई भ्रमणको निम्तो नदिएपछि चीन जान लागेका हुन् । हुन त पछिल्लो समय चीनले नेपालको राजनीतिमा चासो दिन थालेको छ । यसक्रममा प्रधानमन्त्री ओलीको चीन भ्रमणको गृहकार्य भइरहेको छ । प्रधानमन्त्री ओलीको चीन भ्रमणको पूर्व सन्ध्यामा एमालेको उच्चस्तरीय प्रतिनिधिमण्डल गत हप्ता बेइजिङ पुगेको छ । चिनिया कम्युनिष्ट पार्टीको निम्तामा एमालेका वरिष्ठ उपाध्यक्ष तथा पूर्व उपप्रधानमन्त्री ईश्वर पोख्रेल नेतृत्वको १५ सदस्यीय टोलीले चिनिया कम्युनिष्ट पार्टीका उच्च नेतासँग भेटेको बताइएको छ ।
चीन जाने एमाले प्रतिनिधि मण्डलमा पार्टी सदस्य गोरखबहादुर बोगटीलगायत छन् । स्मरण रहोस्, चिनिया राष्ट्रपति सि जिङपिङको औपचारिक निमन्त्रणामा प्रधानमन्त्री ओली यही मंसिर १७ मा चीन को राजधानी बेइजिङ जाँदैछन् । मंसिर १७ देखि २१ सम्म प्रधानमन्त्री ओलीको चीन भ्रमण तय गरिएको छ । पछिल्लो पटक संयुक्त राष्ट्र संघको महासभामा भाग लिन अमेरिकाको न्यूयोर्क गएका बेला ओली र चिनिया विदेशमन्त्री वाङ यीबीच भेट भएको थियो । सोही बेला चिनिया विदेशमन्त्री यीले डिसेम्बर पहिलो साता चीन भ्रमण हुने भएकाले सो समयमा अन्य कार्यक्रम नपार्न प्रधानमन्त्री ओलीलाई भनेका थिए ।
नेपाल फर्किएलगत्तै प्रधानमन्त्री ओलीले पार्टीका उच्च नेतृत्वसँग आफ्नो चीन भ्रमण बारेमा औपचारिक छलफल गरेका थिए । एमालेका शीर्ष नेताहरुले भारत जानुअघि चीन जाँदा फरक नपर्ने प्रधानमन्त्री ओलीलाई सुझाएका थिए । चिनिया विदेशमन्त्री यी राष्ट्र संघको महासभाबाट बेइजिङ फर्किएपछि राष्ट्रपति सिसँग ओलीको भ्रमणबारे छलफल गरेका थिए । त्यसलगत्तै बेइजिङस्थित चिनियाँ दुतावासलाई प्रधानमन्त्री ओलीको भ्रमणबारे औपचारिक पत्र पठाएको थियो । दशैं अगावै नेपालका लागि चिनियाँ राजदूत छन् सोङले प्रधानमन्त्री ओलीलाई चीन भ्रमणबारे राष्ट्रपति सीले पठाएको निमन्त्रणा पत्र दिएको परराष्ट्र स्रोतले बताएको छ ।
एमालेका नेताहरुले भने नेपालका प्रधानमन्त्रीले छिमेकी देशहरुको भ्रमणमा जान तयारी गर्नु वा जानुलाई सामान्य ढंगले लिनुपर्ने भन्दै यसलाई नेपाल र भारतबीचको सम्बन्धको प्रकृतिसँग जोड्न आवश्यक नरहेको टिप्पणी गरेका छन् । तर, नेपाली कांग्रेससहितका दलहरुका नेताहरुले भने दिल्लीले हालसम्म नेपालका प्रधानमन्त्री ओलीलाई भारत भ्रमणको निम्तो नदिनुले भारतसँगको विगतमा देखिएको तिक्तता समाधान नभएको छनक मिलेको टिप्पणी गरेका छन् ।
चौथो पटक सत्ताको नेतृत्व गरिरहेका प्रधानमन्त्री ओलीले सत्ता सम्हालेको केही दिनमै भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई नेपाल भ्रमणको निम्तो दिएका थिए । त्यसपछि मोदीलाई निम्तो गर्ने प्रयोजनसहित उनले परराष्ट्रमन्त्री आरजु राणालाई दिल्ली पठाएका थिए । तर, भारतले ओलीलाई निम्तो नदिएको बताइन्छ । दिल्लीमा अभुतपूर्व स्वागत पाएकी राणाले भारतीय प्रधानमन्त्रीले नेपाल भ्रमणको निम्तो स्वीकार गरेको बताएकी थिइन् । तर, कतिपयले भारतले ओलीलाई भ्रमणको निम्तो पनि नदिने र मोदी नेपाल भ्रमणमा पनि आउन नचाहेको बताइन्छ । यसरी हेर्दा प्रधानमन्त्री ओली भारत भ्रमण नगरी चीन भ्रमणमा जाँदा नेपाल–भारतबीचको कुटनीतिमा फेरि नराम्रो असर आउने संकेत मिलेको छ ।
म्बmदबच
म्बmदबच ःबनबच
ज्ञ








