रास्वपा सभापतिद्वारा ठगीको आरोप ठाडै अस्वीकार

काठमाडौं । रास्वपा सभापति तथा पूर्व गृहमन्त्री रवि लामिछानेले आफू माथि लाग्दै आएको सहकारी ठगीको आरोपको ठाडै अस्वीकार गरेको अनुसन्धानमा संलग्न रहेका एक अधिकृतले बताएका छन् । ती अधिकृतका अनुसार सभापति लामिछानेले सोधेका ७० भन्दा बढी लिखित प्रश्नको सबै जवाफमा आफू कर्त पनि सहभागी नभएको दावी गर्नुभएको छ । २६ दिनदेखि सहकारी ठगी र संगठीत अपराध कसुरमा अनुसन्धानका लागि कास्की प्रहरी हिरासतमा रहनुभएका लामिछानेलाई सुप्रिम सहकारीबाट एक करोड ९६ लाख रुपैयाँ गोर्खा मिडिया नेटवर्क प्रा।लि।मा लगेको संसदीय विशेष छानबिन समितिको प्रतिवेदनमा उल्लेख छ । जोशी र लामिछानेसहित जिबी राई, भुपेन्द्रबाबु राई, कुमार रम्तेल र गोर्खा मिडिया नेटवर्कका नाममा गरी सुप्रिम सहकारीबाट १४ करोड २९ लाख ३६ हजार रुपैया रकम पठाएको छानबिन समितिको प्रतिवेदनमा उल्लेख छ ।
प्रहरीले सुप्रिम सहकारीका अध्यक्ष ओमप्रकाश गुरुङसहित २८ जना विरुद्ध जिल्ला अदालत रुपन्देहीमा मुद्दा दायर गरेको थियो । ७० प्रश्नको जवाफसहित बयान सकिएपछि लामिछानेलाई पोखरा नै पठाइएको छ ।

LEAVE A REPLY