काठमाडौं । युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरीले मन्त्रालयका काम र कार्यक्रमहरु सहज तरिकाबाट अगाडि बढ्न गार्हो भएको बताएका छन् ।
राष्ट्रिय सभा अन्तरगत सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैठकमा उनले बजेटको विषयमा खेलकुद मन्त्रालयको सोचे अनुसारको प्रगती नभएको भन्दै अघिल्लो वर्ष धेरै कम पुँजीगत खर्च भएको बताए ।
उनले भने, ‘मन्त्रालयका काम र कार्यक्रमहरु सहज तरिकाबाट अगाडि बढ्न गा¥हो छ । अघिल्लो वर्षको बजेटको विषयमा खेलकुद मन्त्रालयको सोचे अनुसारको प्रगती छैन् । पुँजीगत हेर्ने हो भने अघिल्लो वर्षको धेरै कम पुँजीगत खर्च भएको छ ।’
यस्तै, उनले यसवर्ष पनि बजेट तीन अर्ब ५० करोड मात्र आएको भन्दै त्यही बजेटबाट कामहरु अगाडि बढेको बताए ।
’