प्राइम बैंकको १७औं साधारणसभाले चुकतापूँजीको ५ प्रतिशत नगद लाभांश दिने प्रस्ताभ अनुमोदन गर्यो

काठमाडौं । प्राइम कमर्सियल बैंकको सत्रौं वार्षिक साधारणसभाले चुक्ता पुँजीको ५ प्रतिशत नगद लाभांश दिने सञ्चालक समितिको प्रस्ताव अनुमोदन गरेको छ । बैंकको चुक्ता पुँजी १९ अर्ब ४० करोड २५ लाख ७५ हजार सात सय रुपयाँ रहेको छ ।
आर्मी अफिसर्स क्लबमा सम्पन्न साधारणसभामा अध्यक्ष राजेन्द्रदास श्रेष्ठले बैंकले अघिल्लो आर्थिक वर्ष २०८०, ८१ मा कर्जातर्फ ३० अर्ब ८६ करोड वा १८.९२ प्रतिशतले वृद्धि गरी कुल १ खर्ब ९३ अर्ब र निक्षेपतर्फ ३६ अर्ब ९४ करोड अर्थात २०.६९ प्रतिशतले वृद्धि गरी कुल २ खर्ब १५ अर्ब ५१ करोड रुपैयाँ पुर्‍याएको जानकारी दिए ।
बैंकले सञ्चालन मुनाफामा पनि गत वर्षभन्दा १७.७२ प्रतिशतले बृद्धि गरी कुल ७ अर्ब ५१ करोड आर्जन गर्नुका साथै यसले दीर्घकालीन रुपमा आफ्ना सेयरधनीहरुलाई बैंकले दिनसक्ने उच्चतम प्रतिफल प्रदान गर्न संस्थाको आर्थिक क्षमता अभिबृद्धि गरिरहेको अध्यक्ष श्रेष्ठले जनाए । आगामी वर्षहरुमा सेयरधनीले प्राप्त गर्ने लाभांश बढाउँदै लैजान बैंकले बलियो रणनीति लिएको पनि अध्यक्ष श्रेष्ठले जनाए ।
साधारणसभामा सेयरधनीहरुले उठाएका प्रश्नको जवाफ दिने क्रममा बैंकका प्रमुख कार्यकारी अधिकृत सन्जिव मानन्धरले बैंकले प्रतिकुल परिस्थितिका बावजुद निक्षेप तथा कर्जा प्रवाहका साथै खुद ब्याज आम्दानी, शुल्क र कमिसन आम्दानी एवं गैह्रकोषमा आधारित अन्य आम्दानीमा पनि उल्लेखनीय बृद्धि गर्दै लगेको जानकारी दिए ।

LEAVE A REPLY