काठमाडौँ , सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले नेपालको चलचित्र क्षेत्र धेरै कमजोर भएकोले यसको विकाशका लागि सरकारले आवशयक कानुनहरु बनाईरहेको बताएका छन्।
शनिवार काठमाडौँमा आयोजित एक कार्यक्रममा बोल्दै उनले चलचित्र क्षेत्रमा भएका समस्याहरूको समाधान गर्न आफू लागि परेको पनि बताए। चलचित्र क्षेत्रमा शुरुवातमा भन्दा धेरै विकास भएको भए पनि अझै कमजोर नै रहेको उनले उल्लेख गरे।
उनले बलिउडको छाया परेर नेपाली चलचित्र उद्योग कमजोर भएको हुनसक्ने पनि अनुमान गरे। भारतीय चलचित्र क्षेत्रलाई जित्न नसके पनि दक्षिण एशियाका अन्य देशहरूमा उत्कृष्ट बन्न सकिने उनले बताए।