संसद प्रभावकारी बनाउन राजनीतिक दल , सांसद, विज्ञ र कर्मचारी सबैको महत्वपूर्ण भूमिका हुन्छ – सभामुख घिमिरे

काठमाडौँ , सभामुख देवराज घिमिरेले संसद प्रभावकारी नहुँदा र सांसदहरूले कानून बनाउनुको सट्टा सरकारको मुख ताक्ने प्रवृत्तिका कारण कानून नबनेको बताएका छन्।
१८ औँ संसद् सेवा दिवसको अवसरमा आज आयोजित कार्यक्रममा बोल्दै सभामुख घिमिरेले यस्तो बताएका हुन्।
घिमिरेले संविधान जारी नभएको र मुलुक संघीयतामा नगएको अवस्थामा बनेको कानूनमै टेकेर संसद् चलिरहेको उल्लेख गर्दै उक्त कानूनलाई समयसापेक्ष बनाउनुपर्ने माग गरे।
सभामुख घिमिरेले भने‚ ‘हाम्रो कानून हामीले बनाउनुपर्छ भन्ने होइन, सरकारले कानून कहिले ल्याइदिन्छ भनेर हेर्ने प्रवृत्ति संसद्‌भित्र छ। १८ वर्षअघि बनाएको कानून समयसापेक्ष बनाएर जानुपर्ने कुरा धेरै महत्त्वपूर्ण छ। ’ त्यसैले
संसद् प्रभावकारी बनाउन सबै राजनीतिक दल, विज्ञ, कर्मचारी र सांसद्हरूको महत्त्वपूर्ण भूमिका रहने उनको भनाइ छ।

 

LEAVE A REPLY