सरकार र निर्माण व्यवसायि बीचको सम्बन्ध नङ र मासुको जस्तो हुनु पर्दछ – अर्थमन्त्री पौडेल

काठमाडौं । उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेलले सरकार र निर्माण व्यवसायीको बीचको सम्बन्ध भनेको नङ् र मासुको जस्तो भएको बताएका छन् ।
शनिबार काठमाडौंमा आयोजित ‘विकास बजेटको परिचालन, सरकार र निजी क्षेत्रको भूमिका’ विषयक छलफल कार्यक्रममा उनले सरकार र निर्माण व्यवसायीको लक्ष्य एउटै भएको भन्दै विरोध गरेर होईन्, फरक ठाँउमा भएपनि राष्ट्र निर्माणको साझा जिम्मेवारी निर्वाह गर्नुपर्ने बताए ।
उनले भने, ‘सरकार र निर्माण व्यवसायीको बीचमा हामीले कस्तो सम्बन्ध चाहेको हो ? अथवा कस्तो सम्बन्ध विकास गरेर जानुपर्ने हो । हामी नदीका दुई किनारा होइनौ एकले अर्काको विरोध गरेर हाम्रो अभिभाराहरु पूरा हुदैनन्।
म के आग्रह गर्न चहान्छु भने, हामी नदीका दुई किनारा होइनौं, हामी फरक ठाँउमा रहेर राष्ट्र निर्माणको साझा जिम्मेवारी बहन गर्दै छौ । व्यवसायी र सरकारबीचको सम्बन्ध नङ् र मासुको जस्तो सम्बन्ध हो ।’
यस्तै, उनले व्यवसायीहरुलाई भुक्तानीको बारेमा धेरै चिन्ता नलिन आग्रह गर्दै एक हप्ताभित्र सबै भुक्तानी हुने प्रतिबद्धता पनि व्यक्त गरेका छन् ।
उनले भने, ‘भुक्तानीको बारेमा धेरै चिन्ता नलिनु भन्न चहान्छु ।
तपाईहरुले कुनै पनि मन्त्रालय, निकायमा भुक्तानी पाउन बाँकी छ भने आज शनिबार भयो जान मिलेन, भोली देखि जानु तपाईहरुले भोलीदेखि नै पाउनु हुन्छ । भोलि पाउनु भएन भने पर्सि पाउनु हुन्छ । १ हप्तामा पनि पाउनु भएन भने तपाईहरु मकहाँ आउनुस्, कुन मन्त्रालय र निकायले तपाईहरुलाई भुक्तानी दिदैँन् ?

 

LEAVE A REPLY