हामी चिताउँछौं जति, गर्न सके कति हो कति ?
आनी बक्ष पीयूषी
शिक्षा र प्रगतिको सीमा ठ्याक्कै यति नै भनेर तोकि हाल्न त नमिल्ला । तर पनि सामान्यतया यति चाहि गर्न सकिन्छ कि भनेर अनुमानित सीमा अनुसार चलेर भए पनि नगरी नहुने काम चाहि गर्दा नराम्रो पनि नहोला । यसो हुँदा देशको समय सापेक्षको खाँचोलाई मध्यनजर गरिएको सोचाइलाई सकारात्मक रुप दिने हो भने शिक्षाको लागि चारवटा कदम चाहि चाल्नै पर्ने अवस्था देखिदै छ । शिक्षा स्वभाविक रुपमा आकर्षक हनु नसकेको अवस्था टड्कारै छ । किनभने शैक्षिक वातावरण आकर्षक नहुँदा शिक्षकहरुलाई जागिर खानै पर्ने अवस्था भए पनि राष्ट्र सेवक नागरिकको हैसियतले कताकता अप्ठ्यारो महसुस हुँदैछ । शिक्षक महानुभावहरु चाहानुहुन्छ कि राष्ट्रसेवक आफु हुँदै गर्दा सिकारु विद्यार्थीहरुले पनि आफुले चाहेको सिक्न पाउँदा खुशीले रमाउन् । अरु देशभक्त राष्ट्रसेवकहरुलाई शिक्षकहरुले जस्तै हामी पनि राष्ट्रको उत्तरोत्तर प्रगतिमा लागिरहेका छौं भन्ने आत्मगौरव हुँदै गरोस् । तर यस्तो अवस्था देशमा विद्यमान छ कि छैन, हामीले तमाम नेपालीले सोच्नुपर्ने बेला हुँदैछ कि भन्ने अनुभूत
हुँदैछ । राज्यले भने शिक्षाको लागि जे जति लगानी गरिरहेको छ त्यो सबै विद्यार्थीहरुको प्रगति र देशको उन्नतीको लागि नै हो । विद्यार्थीहरुको भविष्य निर्माण र देशको अर्थतन्त्र मजबुत हुने वातावरण शिक्षा जगत भैदिए कति रमाइलो हुने थियो रु हामी जनताले यस्तो खालको अनुमान गर्नु त्यति सारो नाजायज नहोला । यता विद्यार्थी नानीहरु भने घरमा बसेर समय फाल्नुभन्दा विद्यालय गएर केही न केही त सिक्दा राम्रो होला भनेर विद्यालय धाउँछन् । आफ्नो देशमा व्यवस्था भए अनुसारको पढाइ पुरा गरीसक्दा पनि काम गर्न पाउने छाट नदेखिए पछि विदेश नताकि सुख छैन । तर उनीहरुमा यो सिक्छु, अति यसो यसो गरेर आफ्नो भविष्य उज्ज्वल पार्ने काम गर्छु अनि देशको लागि पनि योगदानमूलक काम गरेर अघि अघि बढ्छु भन्ने वातावरण पाएका छन् कि छैनन् विद्यार्थीहरुलाई नै थाहा होला । शिक्षाको हैसियत कम्तिमा पनि पारंगतपूर्ण ज्ञान, ज्ञान अनुसारको सीप, सीपलाई राम्रोसँग सञ्चालन गराउने पवित्र भावना अनि दिनप्रतिदिन उन्नती हुँदै गरेको अनुभव सिकारु विद्यार्थीहरुले गरुन् भन्ने हुनुपर्ने हो तर हाम्रो मुलुक नेपालमा ठूलो धनरासी खर्च गरेर शैक्षिक संयन्त्र परिचालन गर्दै शिक्षा जगत हाँकिएको छ तैपनि यहाँ प्रस्तुत गरिएका चार कुराहरु हासिल गर्न हाम्रा विद्यार्थीहरुले सकेका छन् कि छैनन् रु हामी अभिभावकहरुले पत्ता लगाउन सक्छौं । हाम्रो विद्वान बुद्धिजीवि महानुभावहरुले पनि अलिकति गम्भीर भएर सोचि दिनुभयो भने शिक्षा जगत रमाइलो हुनेछ । शिक्षाले कल्पवृक्षको रुपम लिनेछ । शैक्षिक जनशक्ति पलायन हुने छैन । देशमा हुनैपर्ने कामहरु आनन्दपूर्वक चल्ने छन् । देशलाई कुनै अप्ठ्यारो पर्ने छैन ।

LEAVE A REPLY