काठमाडौं । कांग्रेस–एमाले मिलेपछि एक्लाएको माओवादी केन्द्रले आगामी २०८४ मा हुने निर्वाचनमा एक्लै चुनाव लड्ने भन्दै आइरहेको बेला मंसिर १६ गते सम्पन्न स्थानीय तहको उपनिर्वाचन परिणामले माओवादीलाई २०८४ मा एक्लै चुनाव लड्न थप हौस्याएको छ । स्थानीय तहका ४४ स्थानमा रिक्त पदका लागि भएको उपनिर्वाचनमा कांग्रेसले २० र एमालेले १५ प्रतिशत गुमाउँदा माओवादीले ५० प्रतिशत बढायो ।
२०७९ सालको स्थानीय तहको निर्वाचनमा सबैभन्दा बढी स्थानमा जित हासिल गरेको नेपाली कांग्रेसलाई २०८४ को चुनाव अघि नै धक्का पुगेको छ । त्यस्तै आगामी निर्वाचनमा सबैभन्दा ठूलो दल बन्ने दाउमा रहेको एमालेलाई पनि यो उपनिर्वाचनले तेस्रो स्थानमा पुर्याएको छ । त्यसैले नेकपा माओवादी अहिलेको परिणामबाट हौसिएको हो । चुनाव भएका ४४ मध्ये ३९ स्थानमा उम्मेदवारी दिएको माओवादीले ती स्थानबाट ३५ हजार ३७१ मत प्राप्त गरेको छ । २०७९ मा माओवादीले यी स्थानबाट २३ हजार ६०० मत पाएको थियो ।
माओवादी हौसिएसँगै अब सडक र सदनबाट पनि सरकारको खबरदारी गर्ने भएको छ । यसका लागि माओवादी केन्द्रले आगामी केन्द्रीय समिति बैठकबाट जनपरिचालनका विस्तृत कार्यक्रम ल्याउने तयारी गरेको छ । स्मरण रहोस्, मंसिर १२ गते बसेको पदाधिकारी बैठकले ७५३ वटै पालिकामा सम्मेलन गर्न कार्यविधि बनाएर पठाएको थियो । सम्मेलन र खबरदारी सभाका कार्यक्रम सँगसँगै लैजाने माओवादी केन्द्रका उपाध्यक्ष समेत रहनुभएका प्रवक्त अग्नि सापकोटाले जानकारी दिए ।
प्रत्येक पालिकामा केन्द्रीय नेताहरु सहभागी भएर व्यवस्थित ढंगले सरकारलाई खबरदारी गर्ने योजना रहेको उनको भनाई छ । सरकारको प्रभावकारीता सुन्य अवस्थामा रहेको निष्कर्ष निकालेको जानकारी दिँदै प्रवत्तः सापकोटाले भने– ‘पार्टी सरकार फेरबदलका लागि चासो नदिने पुरानै अडानमा छ । ओली सरकार दिनप्रतिदिन अलोकप्रिय हुँदै गएको, भ्रष्टाचारीलाई संरक्षण गरेको इमान्दार राष्ट्रसेवक कर्मचारीमाथि बद्नियतपूर्ण व्यवहार गरेकोले सदन र सडक संघर्षलाई सशक्त बनाउँछौं ।