सिटिजन्स बैंक “बैंक अफ द इयर–२०२४” बाट सम्मानित

काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल प्रतिष्ठित ‘बैंक अफ द इयर–२०२४’ बाट सम्मानित भएको छ । बेलायतको द फाइनान्सियल टाइम्सले एक कार्यक्रमबिच बैंकलाई बैंक अफ द इयर–२०२४ को अवार्ड प्रदान गरेको छ ।
बैंक सञ्चालक समितिका अध्यक्ष प्रबलजंग पाण्डे र बैंकका प्रमुख कार्यकारी अधिकृत सिइओ गणेशराज पोखरेलले बैंकको प्रतिनिधित्व गर्दै उक्त सम्मान ग्रहण गरेका छन् । अध्यक्ष पाण्डेले बैंकले प्रतिष्ठित अवार्ड
प्राप्त गर्न सफल भएकामा खुसी
व्यक्त गर्दै आगामी दिनमा अझ उत्कृष्ट प्रविधिमैत्री आधुनिक बैंकिङ सेवा–सुविधा ग्राहकमाझ ल्याउन हौसला मिलेको बताए ।
त्यसैगरी, सिइओ पोखरेलले आगामी दिनमा अझ उत्कृष्ट कार्यसहित सुशासन र प्रुडेन्ट बैंकिङ र हरित बैंकिङका सेवा–सुविधामा थप बल गर्ने
प्रतिबद्धता व्यक्त गरे ।
द फाइनान्सियल टाइम्सले वार्षिक रूपमा विभिन्न देशका बैंकहरूले गर्ने कार्यसम्पादन एवं गतिविधिलाई मध्यनजर गर्दै बैंक अफ द इयरबाट सम्मानित गर्दै आइरहेको छ । जसअनुसार सिटिजन्स बैंकले उक्त अवार्ड प्राप्त गरेको हो । यस अवार्डबाट सम्मानित हुने बैंकहरूको वार्षिक सूची द फाइनान्सियल टाइम्सको म्यागजिन द बैंकरमार्फत प्रकाशित हुने गरेको छ ।

LEAVE A REPLY