सचेत मानिसलाई किन चाहियो सुशासन ?

 

शीर्षक उपर अन्तरदृष्टिः
उच्चकोटीको प्राणीको हैसियतले रहि बाँचेका यस धर्तीका मानिस हामीले आफुले आफैलाई विचरण गराउन सुसंस्कृत पद्धतिको खाँचो पर्दोरहेछ । त्यस्तै समाजमा आआफ्नो अस्तित्व कायम गर्न राष्ट्रको राष्ट्रिय अवस्थासम्म पुगेर जीवनगाथालाई अघि बढाउन पनि सुरम्य उत्तिकै सुरम्य परिपाटीको चाँजो मिलाउनै पनि उचिकै खाचो पर्दो हुन्छ । मानिस व्यक्तिको आफ्नो अवस्थादेखि लिएर मानवीय संसारसम्म पुगेर परिचालित हुन पनि झन गतिला गतिला सिद्धान्तहरु अघि सार्नुपर्ने हुन्छ । यसैक्रममा सदियौदेखि वर्तमानसम्म आइपुगेका सन्दर्भमा विश्वको रंगमञ्चमा आआफ्ना मौलिक सार्वभौमिकताको आधारमा अघि बढ्दै आइएको विश्व मानव परिवेशमध्येबाट राष्ट्रिय व्यवस्था गर्न सके त कति राम्रो, कति राम्रो, भनेर प्रस्तुत लेखनले नेपाली मौलिकताका नै इंगित गर्ने जमर्को गरेको छ । यसरी मानवदेखि मानवतासम्म पुगेर प्रगति गर्न कसरी सम्भव होला भन्ने कुराको लेखाजोखा गर्ने परिपाटीलाई सुशासनको रुपमा मानेर अघि बढ्न निम्न लिखित आधारहरु अघि सारेका हुन् । यिनै आधारहरुको व्यवस्थित रुपलाई सुशासनको संचालक सम्झौ अनि हामीले राष्ट्रिय मौलिकताको पनि मध्य नजर गरेर अघि बढ्न सके झनै राम्रो हुने देखिन्छ । प्रस्तुत छन् सुशासनका उपलब्धीहरु
— मानिसले आफ्नै अवस्थालाई सही बाटो रोजेर व्यवस्थित गर्दै विचरण गराउन सक्नु ।
— मानिस आआफु शान्तपूर्वक जिउन सक्नु ।
— मानिसले मानिलाई परस्परमा धक्का पुग्ने काम नगर्न, नगराउन ।
— हरेक मुलुकको नागरिकले पाउनुपर्ने सुरक्षात्मक वातावरण त्रुटिविहिन तरिकाले पाउन ।
— मानवाधिकारलाई खतरामा
नपार्न ।
— मानिसले गर्न सक्ने जति सबै राम्रा राम्रा कामहरु गर्न गराउनको लागि ।
— मानवीय सद्गुणहरुको साधना गर्न ।
— मानव जीवनलाई बिगार्ने कुनै पनि क्रियाकलापबाट जोगिन ।
— मानिसले गर्नैपर्ने प्रगतिको लागि यथेष्ट अवसर एवं सुविधान
पाउन ।
— मानिस आआफुले यथेष्ट प्रगति गर्न आवश्यक ज्ञान, गुण, सीप, दक्षता, साहस, व्यवहारिक योग्यता, उच्च नैतिकता, बलियो शरीर, सकारात्मक भावना, स्वाउदिलो वातावरण, असल मित्र, वैज्ञानिक योजना, राष्ट्रिय सहयोग, सुक्ष्म पद्धती प्राप्तिको लागि
— सैद्धान्तिक राजनीतिको अनुभव गर्न ।
— भ्रष्टाचारको माखेसाङलोमा नफस्न
— मानवीय सुरक्षा कदमलाई बलियो बनाउन ।
— निरोगी भै बाँच्ने वातावरण नविगार्न सदृढ गर्न ।
— मानवताको लागि आपसी मेलमिलापका कडीहरुलाई सार्थक बनाउन र निरर्थक बनाउनेलाई हटाउन ।
— कुनै पनि खालको दुःख पाउने अवस्था विद्यमान नराख्न ।
— आफुलाई चाहिएको सुख सजिलैसँग पाउन सक्ने अवस्थामा रहन ।
— केही गरी दुःख आइलागे तुरुन्त सजिलैसँग हटाउन सक्ने क्षमताको विकास गर्न ।
— आआफुले जानेको, सकेको व्यवसाय संचालन गरी रोगजारीको समस्याबाट मुक्त हुन ।

LEAVE A REPLY