बिआरआईको पूर्ण विवरण सार्वजनिक
काठमाडौं । यतिबेला चर्चामा रहेको नेपाल र चीनबीच गत साता प्रधानमन्त्री केपी ओली चीन भ्रमणको क्रममा गरिएको बिआरआई९बेल्ट एण्ड रोड इनिसिएटिभ० सहकार्य फ्रेमवर्क सम्झौताको पूर्णपाठ सार्वजनिक भएको छ । परराष्ट्र मन्त्रालयले केही दिन अघि आफ्नो वेवसाइटमार्फत विआरआई फ्रेमवर्क सम्झौताको पूर्णपाठ सार्वजनिक गरेको हो ।
स्मरण रहोस्– नेपाल भ्रमणमा आउनुभएका अमेरिकी सहायक विदेशमन्त्री डोनाल्ड लुले स्वदेश फर्कनुअघि बिआरआई सहकार्य फ्रेमवर्कको दस्तावेज आफुले पढ्न नपाएको र त्यो पारदर्शी हुने अपेक्षा राखेको टिप्पणी गरेकै भोलिपल्ट सरकारले चीनसँगको सहमतिको दस्तावेज सार्वजनिक गरेको हो । बिआरआईमार्फत नेपाल–चीन सहकार्यको विषयहरु पारवहन कनेक्टिभिटि लगायत बुद्धामा फ्रेमवर्क राखिएको छ ।
बिआरआईको बारेमा कतै विरोध कतै समर्थन भइरहेको समयमा नेकपा माओवादी केन्द्रका अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले जनताका विकासका चाहाना कसरी पुरा गर्न सकिन्छ भन्नेतर्फ आफ्नो पार्टीको ध्यान केन्द्रीत भएको स्पष्ट पारे । अध्यक्ष प्रचण्डले चिनिया विकास परियोजना बिआरआई नेपालको हितमा रहेको समेत दाबी गरे । चीन र अमेरिका अहिलेका मुख्य प्रतिस्पर्धीका रुपमा देखिएकाले दुईवटा रणनीति आउँदा एकले अर्काको विषयमा चासो राख्नु स्वभाविक भएको पनि उनको भनाइ थियो । उनले बिआरआईलाई सकारात्मक रुपमा लिइनुलाई अझ बढी अर्थपूर्ण रुपमा लिइएको छ ।