समृद्धिका लागि आयात प्रतिबन्ध गर्ने हैसियत राज्यले राख्नसक्नु पर्दछ

अहिले हामी नेपालीहरु हरेक कुरामा परनिर्भरता अंगाली रहेका छौं । कृषि प्रधान देशमा वास लिएर पनि सागको मुठामा समेत परनिर्भरता अंगाल्नु विडम्वनापूर्ण छ । हामी नेपाली ज्यादै अल्छे भईसक्यौं । काम गरी खान लाज मान्ने भयौं । आफ्नो देशमा काम गर्न लाज मान्ने अनि विदेशमा गएर भने सस्तो ज्यालादरमा जस्तो काम पनि गर्न तयार हुने प्रवृत्ति हामीमा बढ्दै गएको छ । जसका कारण विदेशमा श्रम गर्न जानेको लहर घट्दै होइन, बढ्दै गइरहेको
छ । यो लहरले गाउँबस्ती सुन्य बनाएको छ । गाउँघरमा केटाकेटी, वृद्धवृद्धाभन्दा अरु कोही भेटिदैनन् । जागिर खाने यदाकदा छन् । यो अवस्थाले जिउदाको जन्ति र मर्दाको मलामीको अभाव गराईरहेको छ । यो अवस्थाको निराकरण गर्न यूवा वर्ग र विद्यार्थी वर्गलाई स्वदेशमै रोजगारी र गुणस्तरीय शिक्षा दिन आवश्यक छ । तर राज्य यसप्रति उदासिन
छ । विदेश पलायन हुन रोक्नुपर्नेमा अझ उत्साहित बनाइरहेको छ । जो विडम्बनापूर्ण छ । कामदारले पठाएको रेमिट्यान्सले मात्र देशको आर्थिक अवस्थामा सुधार आउँदैन भन्ने कुरा राज्य नेतृत्वले बुझ्न सक्नुपर्छ । आयात प्रतिबन्ध गर्न नसक्दा देशमा व्यापार घाट बढेको बढ्यै छ । निर्यातको झण्डै चार गुणा आयात भइरहेको अवस्थाले मुलुकको आर्थिक अवस्था कता पुग्ला रु सोचनीय अवस्था
छ । आयात प्रतिबन्ध गर्ने हैसियत राज्यले अंगाल्ने हो भने श्री ५ पृथ्वीनारायण शाहको आर्थिक नीति अंगाल्नु आवश्यक देखिन्छ । पृथ्वीनारायण शाहको आर्थिक नीति शतप्रतिशत अंगाल्न नसके पनि करिब ८० प्रतिशत अंगाल्ने हो भने देशमा परनिर्भरता स्वाट्टै नघटला भन्न सकिदैन । यसका लागि सर्वसाधारण देखि उच्च तहका नेतागण, राजनीतिज्ञ, व्यापारी लगायतले विदेशी उत्पादनमा त्यागी बन्न सक्नु पर्दछ । आफु आत्मनिर्भर रहन सक्दा नै वार्षिक खर्बौ रुपैया स्वदेशमै बस्न सक्दछ । अहिले उपभोग्य वस्तु खरिददेखि कामदार र विद्यार्थी विदेशीदा बाहिरिने रकमले देशको आर्थिक अवस्था टाट पल्टिसकेको छ भने विदेशी ऋणको बोझले थिचेको थिच्यै छ ।
पृथ्वीनारायण शाहले लिएको आर्थिक नीतिमा छिमेकी मुलुकसँग व्यापार बढाउने, आफ्नो देशमा भएका खानी, पानी९जल०को प्रयोग गर्ने, लत्ताकपडा आफ्नै देशमा तयार पार्ने, घरेलु उद्योगलाई हौसला दिएर देशवासीलाई हौसला दिने, विदेशी व्यापारीहरुलाई स्वदेश आउन रोक लगाउने, आफ्नै देशमा उत्पादित हुनसक्ने वस्तुबाट सानदार रुपमा आत्मनिर्भर हुनुपर्ने, फजुल खर्च नगर्ने लगायतका दर्जनौं नीति लिएका
थिए । जस नीतिले आत्मनिर्भरता बढाएको थियो ।
आजभन्दा करिब २५० वर्ष अगाडिको जमाना र अहिलेको जमाना आकाश जमिनको फरक परे पनि हामीलाई खाचो पर्ने उपभोग्य वस्तु आफ्नै देशमा छन् । तिनको खोजतलास र उपभोग गर्न सक्ने हो भने परनिर्भरता अपनाउन आवश्यक छैन । आफ्ना नागरिकलाई स्वदेशमै रोजगार दिन राज्यले सक्दछ । तर आत्मनिर्भरताको बाटोमा राज्य नेतृत्व लाग्न नसक्दा अधिकांश नागरिक बेरोजगारी हुने र स्वदेशमा कुनै भविष्य नदेख्ने अवस्थामा पुग्दा विदेशीने क्रम बढेको छ । यसको निराकरण गर्न ढिलो भैसकेको छ । भाषण र कुरा गर्नुभन्दा काम गर्ने प्रतिबद्धता जाहेर गर्दै आफ्नै देशमा उत्पादित वस्तुमा जोड दिनु पर्दछ । यसो नगरेसम्म आयात प्रतिबन्ध गर्न सक्ने हैसियत राज्यले राख्न सक्दैन । आत्मनिर्भर बन्न नसकेसम्म मुलुकमा समृद्धि आउन सक्दैन । नेपालका तत्कालिन राजा पृथ्वीनारायण शाहको नीतिसँग चीन, भारत, जापान लगायतका विकसित मुलुकको नीतिसँग मेल खाँदा उनीहरुको आर्थिक अवस्था र नेपालको आर्थिक अवस्थामा आकाश जमिनको फरक परेको छ कि छैन त ?
नेपालले आधुनिक विज्ञानसँग तत्काल प्रतिस्पर्धा गर्न नसके पनि दैनिक उपभोग्य वस्तुमा आत्मनिर्भर राख्ने हैसियत भने राख्न सक्दछ । यसका लागि केवल, त्याग र प्रतिबद्धताको खाचो देखिन्छ । मुलुकलाई साच्चै समृद्धिको बाटोमा डोर्याउने हो भने आत्मनिर्भरता कसरी हुन सकिन्छ भन्ने विषयमा गम्भीर भएर लाग्नु टड्कारो आवश्यक देखिन्छ नत्र भने देशमा झनझन् ऋणको बोझ थपिने देखिन्छ ।

 

LEAVE A REPLY