काठमाडौं । एमाले अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले अहिले माओवादीले नराम्रा कामको नेतृत्व गरिरहेको आरोप लगाउनु भएको छ । काठमाडौंमा लोकतान्त्रिक आदिवासी जनजाति महासंघले आयोजना गरेको राष्ट्रिय भेलामा प्रधानमन्त्री ओलीले त्यस्तो आरोप लगाउनु भएको हो । माओवादीले मुद्दा हाल्ने, कुप्रचार गर्ने, जनतालाई दुःख दिने जस्ता काम गरेको र त्यसको नेतृत्व अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले गरिरहेको प्रधानमन्त्रीको भनाई छ ।
ओली आफु विरुद्धको विष काठमाडौंमै बसेर पचाइदिने बताउँदै प्रचण्डले नै भ्रष्टाचारीको संरक्षण गरेको तर त्यसको आरोप आफुलाई लगाएको प्रधानमन्त्रीको भनाइ छ । प्रधानमन्त्री ओलीले देशमा स्थिरताका लागि कांग्रेस एमालेबीच सरकार बनेको जिकिर गर्दै समावेशीता र समतामुलक समाज निर्माण गर्दै राष्ट्रिय एकता कायम गर्नु आफुहरुको मूल मन्त्र रहेको बताउनुभएको छ । साथै प्रधानमन्त्री ओलीले पछाडी परेका समुदायलाई माथि पुर्याउन संविधानको मौलिक हकहरुको प्रभावकारी कार्यान्वयनमा ध्यान दिनुपर्नेमा जोड समेत दिनुभयो । त्यसका लागि सरकारले गर्नुपर्ने कामकारवाही गर्नको निमित्त सरकार सदैव तयार रहेको र सम्पूर्ण समुदायको हकहित सुरक्षित गर्नका लागि हरदम तयार रहेका समेत बताउनुभयो ।