नेकपा एसमा दर्जन बढी स्थायी समितिमा मनोनित

काठमाडौं । पार्टीमा असन्तुष्ट रहेका केी सहित १७ जना नेतालाई एकीकृत समाजवादीले स्थायी समितिमा मनोनयन गरिएको छ । केही दिन अघि बसेको स्थायी समिति बैठकले यो निर्णय गरेको हो । विगतमा पदाधिकारी र स्थायी समिति सदस्य भइसकेका १७ जना पोलिटब्यूरो सदस्यलाई स्थायी कमिटिमा मनोनीत गरिएको हो । यसरी स्थायी समितिमा मनोनित हुनेहरुमा डा।विजय पौडेल, रामकुमारी झाँक्री, विरोध खतिवडा, जीवनराम श्रेष्ठ, कल्याणी खड्का, केशवलाल श्रेष्ठ, डा।वंशीधर मिश्र, बलराम बाँस्कोटा, रघुधन महतो, श्रीप्रसाद साह रहेका छन् । यसैगरी विश्वनाथ प्याकुरेल, रामचन्द्र यादव, हरि पराजुली, साध्यबहादुर भण्डारी, लक्ष्मण पौडेल, नगेन्द्र चौधरी र रामचन्द्र झ पनि एकीकृत समाजवादी स्थायी समिति सदस्य भएका हुन् । पौडेल, झाँक्री, झा, भण्डारी, केशवलाल श्रेष्ठ, खतिवडा र बाँस्कोट एकीकृत समाजवादीले गत महाधिवेशनमा उपाध्यक्षमा पराजित भएका थिए । त्यसपछि पार्टीमा उचित पद नपाएको भन्दै उनीहर पार्टी छोड्ने तयारीमा थिए । पार्टी छोड्ने तयारी गरेका नेतालाई स्थायी समितिमा ल्याएर अध्यक्ष माधव नेपालले अहिलेलाई विवाद सामसुम पारेको बताइन्छ ।

LEAVE A REPLY