राजनीतिक स्थाईत्व र सुशासन कायम गर्न नयाँ सरकार गठन गर्यौं ः प्रधानमन्त्री ओली

काठमाडौँ , प्रधानमन्त्री केपी शर्मा ओलीले राजनीतिक अन्योल, अस्थिरता र भ्रष्टाचारले सीमा नाघेपछि राजनीतिक स्थाईत्व र सुहासन कायम गर्न दुई ठूला दलको सहकार्यमा नयाँ सरकार बनाउनु परेको प्रधानमन्त्रीको भनाई छ ।

नेपाल उत्पीडित जातीय मुक्ति समाजको ३७औँ स्थापना दिवसका अवसरमा आज यहाँ आयोजित कार्यक्रममा प्रधानमन्त्री ओलीले त्यस्तो अभिव्यक्ति दिनु भएको हो ।
“हामी सुशासन र विकास फेरि फर्काएर मुलुकलाई गन्तव्यमा लानेछौँ”, प्रधानमन्त्री ओलीले भने, “नेकपा एमाले र नेपाली कांग्रेस समाज सुधारको एउटै लक्ष्य बनाएर अघि बढेका छन्। राजाका पालामा अनेक मुद्दा मामिला लगाएर जनतालाई फसाउने, जातीय विद्वेष फैलाउने काम भएका थिए। हामी मानिस हौँ र मानिस भनेको सबै बराबर हुन्छ। जातीय विभेद अन्त्यका लागि हामी विद्यमान कानुनमा संशोधनका निम्ति पनि लाग्नेछौँ।”

प्रधानमन्त्री ओलीले सामाजिक न्याय र समानता सुनिश्चित गर्न संविधानमा नै व्यवस्था गरिएको बताए। “मान्छे एउटै हो। जन्मँदै कोही पनि श्रेष्ठ हुँदैन। जन्मँदै श्रेष्ठ वा ठूलो जातको हो भनिनु मान्य हुँदैन। सरकारले त्यस्ता कुराहरुलाई मान्यता दिँदैन”, उनले भने।

 

LEAVE A REPLY