रमेश विकल साहित्य प्रतिष्ठानद्वारा विभिन्न पुरस्कार प्रदान,

काठमाडौं रमेश विकल साहित्य प्रतिष्ठानले एक कार्यक्रमको आयोजना गरि शनिवार,नृत्यशास्त्री भैरवबहादुर थापालाई यस वर्षको रमेश विकल वाङ्मय पुरस्कार प्रदान गरेका छ ।
यसैगरी मासिक एकसय अभियानलाई रमेश विकल–सुशीला समाजसेवा पुरस्कार, साहित्यकार युवराज मैनालीलाई रमेश विकल सिर्जना पुरस्कार तथा अमरकुमार प्रधानलाई रमेश विकल बालसाहित्य पुरस्कार प्रदान गरिएको छ। कार्यक्रममा रमेश विकल–सुशीला सङ्घर्षशील नारी पुरस्कार चिनीमाया माझीलाई प्रदान गरिएको हो । यसेै गरीरमेश विकल कला–ंसङ्गीत पुरस्कार रामकृष्ण दुवाल तथा दर्शनाचार्य शोधसम्मान कमला रेग्मीलाई प्रदान गरिएको छ। पुरस्कृत व्यक्तित्वहरुलाई कार्यक्रमका सभापति, प्रमुख अतिथि तथा विशिष्ठ अतिथिहरुले दोसल्ला, प्रमाणपत्र तथा नगद पुरस्कार प्रदान गरे।

समारोहमा स्व विकलको बहुचर्चित कृति ‘अविरल बग्दछ इन्द्रावती’ उपन्याससहित संयुक्त विद्यावारिधि शोध ग्रन्थका लागि डा बिदुला घिमिरेलाई प्रोत्साहन पुरस्कार प्रदान गरिएको थियो।

बालसाहित्यको क्षेत्रमा उल्लेखनीय काम गरेबापत ‘सुनौलो पाइला नेपाल’लाई सम्मान गरिएको थियो। त्यस्तै बिन्धबासिनी विद्यालय मन्डनकी दीलाशा तामाङलाई छात्रवृत्ति प्रदान गरिएको थियो।

LEAVE A REPLY