संपत्ति सुद्धिकरणको मुद्धाले रवि लामिछानेको सांसद पद निलम्बन हुने ।

काठमाण्डौं । सम्पत्ति शुद्धीकरणमा पनि मुद्दा दायर भएपछि पूर्वगृहमन्त्री तथा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको सांसद पद निलम्बनमा पर्ने भएको छ ।
कास्की जिल्ला न्यायाधीवक्ता कमला काफ्लेले सम्पत्ति शुद्धीकरण निवारण ऐन, २०६४ संशोधनसहित को दफा २७० बमोजिम लामिछानेको सांसद स्वतः निलम्बन हुने जानकारी दिइन् ।
सो ऐनमा लेखि एको छ, ‘प्रचलित कानून बमोजिम स्थापित संगठित संस्थाको कुनै पदाधिकारी वा कर्मचारी वा कुनै राष्ट्र सेवक यस ऐन बमोजिम थुनामा रहेकोमा त्यसरी थुनामा रहेको अवधिभर र निज उपर दफा २२ बमोजिम मुद्दा दायर भएकोमा सो मुद्दाको किनारा नभएसम्म त्यस्तो कर्मचारी, पदाधिकारी वा राष्ट्र सेवक स्वतः निलम्बन भएको मानिनेछ ।’
लामिछानेविरुद्ध आज जिल्ला सरकारी वकिलको कार्यालय कास्कीले सूर्यदर्शन सहकारी संस्थाको रकम अपचलन गरेको आरोपमा सम्पत्ति शुद्धिकरणसहित ३ कसुरमा मुद्दा दायर गरेको छ । उनीविरुद्ध सहकारी ठगी र संगठित अपराधको कसुरमा पनि मुद्दा दायर भएको छ ।

LEAVE A REPLY