काठमाडौं । नेपाल विश्वविद्यालयको कुलपतिमा डा। विन्दुनाथ लोहनी नियुक्त हुनुभएको छ । उहाँको अनुभव र शिक्षाले नेपाल विश्वविद्यालयलाई उचाइमा पुर्याउने अपेक्षाका साथ कुलपतिमा नियुक्त गरिएको हो । डा। लोहनीले सन् १९७० मा भारतको विरला इस्न्टिच्युट अफ टेक्नोलोजीबाट सिभिल इन्जिनियरिङमा स्नातक पुरा गरी स्वर्णपदक हासिल गर्नुभएको छ । त्यस्तै सन् १९७४ मा अमेरिकाको नर्थ क्यारोलिना विश्वविद्यालयबाट सिभिल इन्जिनियरिङमा स्नातकोत्तर र सन् १९७७ मा बैंककस्थित एसियन इन्स्टिच्युट अफ टेक्नोलोजीबाट वातावरणीय प्रविधि र व्यवस्थापन विषयमा विद्यावारिधी गर्नुभएको छ । त्यसैले नेपाल विश्वविद्यालय ऐन २०८१ अनुसार उहाँलाई ४ वर्षका लागि कुलपतिमा नियुक्त गरिएको जनाइएको छ ।








