काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री प्रदीप पौडेलले दिवंगत कांग्रेस नेता पीएल सिंह पार्टीमा सबैलाई सरल व्यवहार गर्ने व्यक्ति भएको बताएका छन् ।
प्रजातान्त्रिक योद्धा स्वर्गीय पिएल सिंहको १३ औँ पूण्य तिथिमा आयोजित श्रद्धाञ्जली सभामा बोल्दै उनले सिंहले पार्टीका मान्छे सबैलाई परिवारका सदस्यजस्तै मान्ने गरेको बताएका हुन् ।
उनले भने,‘काठमाडौं महानगरपालिकाको मेयर भइसकेपछि उहाँले नेवारी भाषालाई चलनचल्तीको भाषा बनाउनुभयो । काठमाडौं महानगरको कोषलाई उहाँले दुनियाँसामु समन्वय गरेर त्यसको आकार बढाउनुभयो । महानगर बनाउनुभयो । करिडोरहरु उहाँले सबै सुरु गर्नु भएको हो ।’