सरकारलाई सफल बनाउन कांग्रेस–एमाले सक्रिय

काठमाडौं । मुलुकका दुई ठूला दल नेपाली कांग्रेस र नेकपा एमालेबीचको सहकार्य गरेर सरकार गठन भएको यो अवधिलाई समिक्षा गर्न थालिएको छ । हुन त सरकारबाट जनतालाई उत्साह जनाउउने कुनै कार्यक्रम नभएको हो कि यो मूल्यांकनको विषय हो । यसबीचमा मुलुक र जनताप्रति उत्तरदायी भएर सेवा प्रवाह, सुशासन र विकासको गति अघि बढाउने मूल मुद्दा बोकेर संसदका दुई ठूला दल नेपाली कांग्रेस र नेकपा एमालेबीच भएको सत्ता सहयात्रालाई परिणाममुखी बनाउन दलहरु गम्भीर र प्रयत्नशील देखिएका छन् ।
कांग्रेसका तर्फबाट वर्तमान सरकार र गठबन्धनलाई सफल बनाउन पूर्ण सहयोग मिल्ने कांग्रेसका नेता शेखर कोइरालाले केही दिन अघि बताएका थिए । यसैगरी अस्थिर राजनीतिक अवस्थालाई बिट मार्दै स्थिरता, सुशासन, विकास र समृद्धिको जगमा नागरिकका पक्षबाट काम गर्न सरकार संवेदनशील भएर लागेको नेताहरुले दाबी गरेका छन् । सत्ता नेतृत्वकर्ता दल नेकपा एमालेको केही दिन अघि बसेको सचिवालय बैठकमा समेत सरकारको काम कारवाहीका विषयमा चर्चा चलेको थियो । एमालेको सो बैठकमा दुई शक्तिशाली दलको सरकारले अझै प्रभावकारी काम गर्नुपर्ने सुझाव दिएको उपमहासचिव प्रदीप ज्ञवालीले बताए । ‘दुई वटा दल नेपाली कांग्रेस र नेकपा एमालेसहित मिलेर बनेको शक्तिशाली सरकारले अझ बढी डेलिभरी गर्नुपर्छ भन्ने सुझाव दिएका छौं । सरकार जनताका पक्षमा काम गरिरहेको छ, यद्यपी अहिले भएका काम पर्याप्त छैनन्, सरकारले अझ बढी काम गर्ने गरी तीव्रता देओस् भन्नेमा हामी छांै ।’ उनले भने ।
यो सरकार कांग्रेस–एमालेबीच सहकार्य गरि एमालेले मात्र पुरा समय रहने गरि बनेको होइन । पहिलो कार्यकाल एमालेको नेतृत्वमा एमाले अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वमा बन्ने छ भने चुनावी सरकारको नेतृत्व कांग्रेस सभापति शेरबहादुर देउवाको नेतृत्वमा बन्ने छ । त्यसैले वर्तमान सरकारले गरेको काम कारवाहीको जस उपजस सबै कांग्रेस–एमालेले नै लिनुपर्ने छ । तर अहिले देखिए अनुसार वर्तमान सरकारले राम्रो, जनतालाई चित्त बुझ्दो भने काम कारवाही गरेको देखिदैन । देशमा महँगी, झन् झन् बढिरहेको छ । आफ्नै देशमा कृषि उत्पादन हुन नसक्दा महँगी बढेको हो । देशका होनहार युवा रोजगारीको लागि विदेशिएपछि कसले कृषि काम गर्नु र उत्पादन बढ्नु । यो अवस्थामा विदेशबाट विभिन्न सामग्री झिकाउनु पर्ने अवस्था छ ।
हुन त बहुदलपछि आएका सरकारहरुले उद्योगधन्दा बेचेर खाएँ भन्ने आरोप असत्य होइन । यदि स्वदेशमै कलकारखाना भइदिएको भए देशका होनहार युवा रोजगारीको लागि विदेश जानुपर्ने थिए रु युवाहरु दिनानुदिन आजभन्दा भोली, भोली भन्दा पछि बढी बढी विदेशिइरहेका छन् ।
देशमा भ्रष्टाचार मौलाएको छ । किन यसरी दिनदिनै भ्रष्टाचार भइरहेको छ भन्ने समिक्षा गर्नुपर्ने भएको छ । भ्रष्टाचार मुद्दामा कर्मचारी, सर्वसाधारण फस्ने, राजनीतिक नेताहरुले उन्मुक्ति पाउने भइरहेको छ । सरकारी तवरबाटै भ्रष्टाचारीहरुले उन्मुक्ति दिने काम भइरहेको छ । यसै मेसोमा भन्नुपर्दा भ्रष्टाचार नियन्त्रण गर्न बनेको अख्तियार दुरुपयोग अनुसन्धान आयोगको सक्रियता त्यति प्रभावकारी भएको देखिदैन ।
यसरी हेर्दा देशमा विकास, सुशासन र समृद्धि कसले कायम गर्छ भन्ने छ । वर्तमान सरकार बनेपछि एउटा उद्योग थपियो त ? भ्रष्टाचारमा कमी आयो त ? खाली सत्तालाई मात्र ध्यान दिँदा विकास निर्माण भने न्यून हुन पुगेको देखिन्छ । कांग्रेस–एमालेले राम्रै काम गर्न चाहेका होलान्, तर देखिने गरी विकास निर्माण हुन सकेको देखिदैन । देशमा विभिन्न ठूला काण्ड देखिन्छ । कारवाही गर्ने भाषणमा देखिन्छ तर ठूला काण्डका फाइल भने खुलेनन् ।

LEAVE A REPLY