प्रतिनिधि सभामा नयाँ सचिव

काठमाडौं । प्रतिनिधि सभाले नयाँ सचिव पाएको छ । जस अनुसार प्रतिनिधि सभाको सचिवमा नियुक्त हर्कराज राईले पद तथा गोपनीयताको शपथ लिएका छन् । राष्ट्रपति रामचन्द्र पौडेलबाट सचिव नियुक्त राईलाई सभामुख देवराज घिमिरेले शपथ ग्रहण गराएका हुन् । शपथ ग्रहण समारोहमा उपसभामुख इन्दिरा रानामगरको पनि सहभागिता थियो । सभामुख घिमिरेले राष्ट्रपति पौडेललाई भेटेर संविधानको धारा १०६ बमोजिम प्रतिनिधि सभाको सचिव नियुक्तका लागि राईको नाम सिफारिस गरेका थिए । प्रतिनिधि सभाका सचिव सुरेश अधिकारीले २०८१ मंसिर ९ गते राजिनामा दिएपछि सो पद रिक्त थियो ।

LEAVE A REPLY