काठमाडौं । राजनीतिक दलहरुको युवा शक्ति कति छ भनेर मापन गरिने स्वतन्त्र विद्यार्थी युनियनस्ववियूको आगामी फागुन १५ गते हुने निर्वाचन गर्न तीन विद्यार्थी संगठनले आन्तरिक तयारी सुरु गरेका छन् । सरकार आबद्ध नेपाल विद्यार्थी संघ र अनेरास्ववियू र प्रतिपक्ष दल अनेरास्ववियू९क्रान्तिकारी०ले तयारी थालेका छन् ।
नेवि संघका अध्यक्ष दुजाङ शेर्पाले फागुन १५ गते हुने स्ववियू निर्वाचनको तयारी थालेको बताएका हुन् । उनले भने– ‘फागुन १५ गते निर्वाचन गर्न त्रिविलाई आग्रह गरिसकेको बताउँदै सबै क्याम्पस कमिटीलाई तयारी गर्न निर्देशन दिइसकेको बताए ।’ त्यस्तै ‘त्रिविले तोकेको मितिमा निर्वाचन हुनैपर्छ, हामी सोही अनुसार तयारी गरिरहेका छौं ।’ अध्यक्ष शेर्पाले थप बताए ।
सबैलाई निर्वाचनमा ध्यान केन्द्रीत गर्न निर्देशन दिएको नेवि संघले निर्वाचन हुने सबै क्याम्पसमा प्रतिनिधि खटाउन थालेको छ ।
यसैगरी स्ववियू निर्वाचनमा जुटेको अनेरास्ववियूले देशैभरका आंगिक र सम्बन्धन प्राप्त क्याम्पस कमिटीलाई निर्वाचन तयारी थाल्ने निर्देशन दिएको छ । सो संगठनले स्ववियू निर्वाचन लक्षित अभियान सुरु गरेको छ । अनेरास्ववियूका अध्यक्ष समिक बडालले स्ववियू निर्वाचनमा घोषणा पत्र तयार गर्न उपाध्यक्ष गोविन्द गिरीको संयोजकत्वमा घोषणापत्र तयारी कमिटी गठन गरेको जानकारी दिए ।
उनका अनुसार निर्वाचनलाई लक्षित गर्दै यही पुष २५ र २६ गते जिल्ला अध्यक्ष र माघ ६ देखि ८ गतेसम्म केन्द्रीय कमिटीको बैठक डाकेको छ । सो बैठक लगत्तै अनेरास्ववियू देशव्यापी रुपमा निर्वाचनमा होमिने अध्यक्ष बडालले उल्लेख गरे ।
यसैगरी नयाँ कार्यसमितिमा ३२ वर्षे उमेर हद तोकेर महाधिवेशनमा जुटेको अनेरास्ववियूक्रान्तिकारी पनि स्ववियू निर्वाचनको तयारी क्रममा
छ । त्रिविले घोषणा गरेकै मितिमा निर्वाचन गराउन हामी तयारीमा लागेका हौं, सबै क्याम्पस कमिटीलाई निर्वाचनको प्रचारप्रसार थाल्न निर्देशन दिइसकेका छौं । अनेरास्ववियू क्रान्तिकारीका अध्यक्ष पञ्चा सिंहले भने । तीन ठूला विद्यार्थी संगठनमा आन्तरिक द्वन्द्व भएपछि निर्वाचन गर्ने विषयमा ती संगठनहरु एकजुट भएका हुन् । यसैगरी राप्रपा निकट राष्ट्रिय प्रजातान्त्रिक विद्यार्थी संगठनराप्रविसं पनि स्ववियू निर्वाचनको तयारीमा जुटेको छ । राप्रविसंका एक नेताका अनुसार क्याम्पसमा प्रचार थाल्न केन्द्रबाट निर्देशन भइसकेको छ । राप्रविसं घोषणापत्र बनाउने क्रममा रहेको छ ।