बामदेव नेकपा एसको प्रवेश नजिक

काठमाडौं । कुनै बेला नेकपा एमालेमा उपमहासचिव रहेर शक्तिशाली रहेका बामदेव गौतम नेकपा एसमा समाहित हुने भएका थिए । गौतम उपमहासचिव हुँदा माधव नेपाल महासचिव रहेका थिए । अहिले फेरि समयाक्रमले नेपाल र गौतमलाई एक ठाउँमा ल्याईपुर्याएको छ ।
केही दिन अघि नेकपाएकीकृत समाजवादी र राष्ट्रिय एकता अभियानबीच एकताबद्ध भएर अघि बढ्ने सैद्धान्तिक समझदारी भएको छ । समाजवादीको पार्टी कार्यालय आलोकनगरमा नेकपा एसका शीर्ष नेता र राष्ट्रिय एकता अभियानका संयोजक बामदेव गौतमसहितका नेताबीच भएको छलफलका क्रममा छिट्टै एकताबद्ध भएर अघि बढ्ने सैद्धान्तिक समझदारी भएको हो ।
सो अभियानका तर्फबाट एकतामा समाहित हुने नेताहरुको जिम्मेवारी सन्दर्भमा छलफल भएको थियो । राष्ट्रिय एकता अभियानका संयोजक वामदेव गौतमले एकताका लागि दुईपक्षीय समझदारीलाई अघि बढाउने विषयमा छलफल भएको जानकारी दिए । एकताका लागि धेरै समय कुर्न नपर्ने उहाँले उल्लेख गरे ।

LEAVE A REPLY