एमालेको ११औं महाधिवेशनले पार्टी अध्यक्ष कस्लाई बनाउला?

—भोजकुमारी खड्का a
काठमाडौं । एमालेको ११औं महाधिवेशन नजिकिदै छ । २०७८ साल मंसिर १० गते सौराहमा १०औं महाधिवेशन सम्पन्न गरेको एमालेले उसको विधान अनुसार २०८२ साल मंसिर भित्र ११औं महाधिवेशन गरिसक्नु पर्ने प्रावधान छ । ११औं महाधिवेशनको पूर्वसन्ध्यामा पूर्वराष्ट्रपति पुनः सक्रिय राजनीतिमा फर्किने कुराले धेरैको ध्यान खिचेको मात्र छैन भण्डारी साँच्चै सक्रिय राजनीतिमा फर्किनु भएमा एमालेको ११औं महाधिवेशनमा पार्टी अध्यक्ष बन्न सक्ने अनुमान समेत गरेका छन् ।
पछिल्लो समय एमालेले पार्टी माथि फरक मत राख्नेलाई अनुशासन हिन भएको आरोप लगाएर निस्तेज पार्ने रणनीति लिएको छ । सोही अनुसार एमालेका त्यागी नेता तथा पूर्व उपाध्यक्ष भीम रावललाई पार्टीको साधारण सदस्यताबाटै हटाएको छ भने बिन्दा पाण्डे र उषाकिरण तिमिल्सिनालाई ६ महिनाका लागि पार्टीबाट निलम्बन गरिएको छ । यो कारवाहीले कतिपयले एमालेभित्र आन्तरिक लोकतन्त्र हराएको अर्थमा बुझेका छन् । लोकतान्त्रिक गणतन्त्रमा आफुलाई चित्त नबुझेको कुरा ओकल्न पाउने र ओकलेको कुरा नेतृत्वलाई चित्त नबुझे पार्टीभित्र गहन छलफल गरी उसलाई सम्झाउने बुझाउने र १÷२ पटकलाई चेतावनी सहितको माफी दिनुपर्ने हुन्छ तर त्यस्तो काम नभएको र ३ केन्द्रीय नेतामाथि कारवाही गरेको एमाले पार्टीभित्रका करिब आधाभन्दा बढी नेता तथा कार्यकर्तालाई मात्र होइन, पार्टी बाहिरका अधिकांश सर्वसाधारणलाई समेत चित्त बुझेको छैन । एमालेको यो कार्यशैलीले मिसन ०८४ र पार्टीको दीर्घकालिन लक्ष्य पुरा हुन गाह्रै पर्ने देखिन्छ । एमालेभित्र पार्टी नेतृत्वको कार्यशैली मन नपराउने र नेतृत्व विरुद्ध बोल्न पनि डराउनेको संख्या धेरै भएको अनुमान गर्न सकिन्छ । यस्तो अवस्थामा पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी सक्रिय राजनीतिमा आउने हो भने एमालेको ११औं महाधिवेशनले एमाले पार्टी अध्यक्षमा विद्यादेवी भण्डारीलाई ल्याउने प्राय निश्चितै छ । यद्यपी भण्डारीले राजनीतिमा फर्किने चाहना राख्नु भएको भए पनि औपचारिक रुपमा भने राजनीतिमा फर्किएको घोषणा गर्नुभएको छैन ।
यसै मेसोमा एमाले अध्यक्ष केपी शर्मा ओलीले पनि भण्डारीसँग राजनीतिक सन्देश दिने गरी भेटवार्ता गरिरहनु भएको छ । वर्तमान प्रधानमन्त्री समेत रहनु भएका ओलीले गत विहिबार बैठक सकिए लगत्तै पूर्वराष्ट्रपति भण्डारीलाई भेट्न उहाँकै निवास पुग्नु भएको थियो । भेटमा उहाँहरुबीच करिब २ घण्टा वार्ता भएको बताइन्छ । यसअघि पनि असार २८ मा ओली प्रधानमन्त्रीमा नियुक्त हुनासाथ पूर्वराष्ट्रपति भण्डारी भेट्न चपली हाइट पुग्नु भएको थियो ।
एमाले वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलको ‘आमा सपना र ताराहरु’ पुस्तक लोकार्पणमा उहाँ९भण्डारी० प्रमुख अतिथि बन्नु भएको थियो । तर ओली भने कार्यक्रममा सहभागी हुनुभएको देखिएन । गत असार ३ गते मदन भण्डारी फाउण्डेशनले स्थलगत अवलोकन गरेर पूर्वराष्ट्रपति भण्डारीले राजनीतिक सक्रियताको छनक दिनुभएको थियो । हालै भएको पुस्तक लोकार्पण कार्यक्रममा मात्रै होइन, गत पौष ४ गते पोखरामा भएको एउटा बौद्धिक छलफलको कार्यक्रममा पनि भण्डारी प्रमुख अतिथि बन्नु भएको थियो ।

LEAVE A REPLY