काठमाडौं । लुम्बिनी विकास बैंक लिमिटेडले हालै १७औं वार्षिक साधारण सभा सम्पन्न गरेको छ । बैंकका अध्यक्ष चिन्तामणी भट्टराईको अध्यक्षतामा उक्त सभा ले
शेयरधनीहरुलाई ४ प्रतिशत नगद लाभांश र ३ प्रतिशत बोनस शेयर सहित कुल ७ प्रतिशत लाभांश बितरण गर्ने प्रस्ताव पारित गरेको छ ।
सभाले आर्थिक वर्ष २०८०र ०८१ को बार्षिक प्रतिबेदन पारित गरी आर्थिक वर्ष २०८१र ०८२ को लागि लेखापरीक्षकको नियुक्ति गर्ने प्रस्ताव पनि पारित गरेको छ ।
देशका ७ वटै प्रदेशमा शाखा सञ्चालन गरी कारोबार गर्दै आइरहेको लुम्बिनी विकास बैंक लिमिटेडको बिभिन्न स्थानहरुमा गरी ८९ वटा शाखा कार्यालयहरु तथा एक विस्तारित शाखा एक्सटेन्सन काउण्टर स्थापना भएको छ ।
लुम्बिनी विकास बैंक लिमिटेडले “निरन्तर सहयात्रा” भन्ने नाराका साथ उच्चस्तरीय, आधुनिक एवं नविनतम प्रविधिहरु सहितको सुरक्षित बैंकिङ्ग सेवा प्रदान गर्दै आईरहेको छ ।









