गुणस्तरीय सेवा प्रवाह र सुशासनका लागि अध्यादेशल्याउनु परेको अर्थमन्त्री पौडेलकोे भनाई

काठमाडौँ , उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले गुणस्तरीय सेवा प्रवाह र सुशासनमा उल्लेख्य प्रगति गर्न अध्यादेश ल्याइएको दावी गरेका छन्।
बिहीवार काठमाडौँमा राष्ट्रिय वाणिज्य बैंकको ६०औँ वार्षिकोत्सवको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो दावी गरेका हुन्। उनले समयको अभाव र काम गर्नैपर्ने दबाबका कारण अध्यादेश ल्याइएको बताए।
उनले समग्र अर्थतन्त्रलाई गतिशील, चलायमान बनाउने र उत्पादन, उत्पादकत्व वृद्धि गर्ने, रोजगारी सिर्जना गर्ने र सबल राष्ट्रिय अर्थतन्त्रको निर्माण गर्ने अभियानमा तीव्रताका साथ सरकार लागिरहेको बताए।
उनले अर्थतन्त्रका समस्याहरुको प्रभावकारी समाधान गर्ने पक्षमा सरकार रहेको बताए। आन्तरिक र वाह्य लगानी अभिवृद्धि गर्ने, उत्पादन, उत्पादकत्व वृद्धि गर्न अध्यादेश ल्याइएको दावी गरे।
‘हाम्रो मुलुकको अर्थतन्त्र केही समय अघिदेखि दबाब र चापमा रहँदै आएको छ। हामीले अर्थतन्त्रका समस्याहरुलाई चिन्दै, चिर्दै र समाधान गर्दै अघि बढ्ने कोशिस गरिरहेका छौँ‚’ उनले भने‚ ‘साँच्चै नै समग्र अर्थतन्त्रलाई गतिशील बनाउने, चलायमान बनाउने, उत्पादन, उत्पादकत्व वृद्धि गर्ने, रोजगारी सिर्जना गर्ने र सबल राष्ट्रिय अर्थतन्त्रको निर्माण गर्ने अभियानमा हामी तीव्र गतिमा अघि बढ्न चाहन्छौँ। छोटो अवधिमा दूरगामी महत्वका उपलब्धिहरु आर्जन गर्न चाहन्छौँ।

LEAVE A REPLY