काठमाडौँ उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले हालै द्धिबाबा सुरुङममार्गको ब्रेकथु्रगरेका छन । उनले सुरुङमार्गको ब्रेकथु्र गर्ने क्रममा भने,“आफूहरुले निर्माण गरेको गौतमबुद्ध अन्तरराष्ट्रिय विमानस्थल आफैं चलाएर देखाउछौं ।”
उनले अब उक्त विमानस्थलमा कम भिजिबिलिटीमा समेत उडान गर्नसक्ने उपकरण जडान गरिएको उल्लेख गर्दै अब कुहिरोले उडान प्रभावित गर्न नसक्ने दावी पनि गरेका छन्।
गौतमबुद्ध अन्तरराष्ट्रिय विमानस्थलमा रिक्वायर्ड नेभिगेसन पर्फमेन्स अथोराइजेसन रिक्वायर्ड आरएनपीएआर प्रणाली लागू भएको र उक्त प्रणालीले कम भिजिबिलिटीमा पनि उडान गर्नसक्ने बताए।
उनले सरकारले अगाडि बढाएका आयोजनाहरुको विरोध नगर्नसमेत आग्रह गरे।
‘समर्थनमा कसैले लेख्न सक्दैन भने विरोधमा लेख्न बन्द गरौँ। कमी कमजोरी भए औँल्याउँ तर राम्रा कामलाई पनि नोटिसमा लिन सकौँ।उनले भने“ गौतमबुद्ध अन्तरराष्ट्रिय विमानस्थल बनायौँ‚ त्यो विमानस्थल निर्माण गरिरहँदा अनेक आलोचना सामना गर्नुपर्यो‚ हामीले बनाएको हो हामी नै चलाएर देखाउँछौँ। हामीले संचालन गरेका र अगाडि बढाएका आयोजनाहरुबारे प्रसंशा गर्न सकिन्न भने विरोध नहोस् भन्ने म आग्रह गर्न चाहन्छु।’
;









