काठमाडौं । कुनै बेला नेकपा एमालेभित्र नेता वामदेव गौतम शक्तिशाली रुपमा चिनिन्थ्यो । तर यतिबेला उनलाई कुन पार्टीमा जाउ भन्ने सकस पैदा भएको छ । केही साताअघि एकीकृत समाजवादीमा वरिष्ठ उपाध्यक्ष भएर प्रवेश गर्ने तयारी गरेका गौतमलाई त्यहाँ पनि कुरा मिलेन । अहिले फेरि नेकपा एमालेमा प्रवेश गर्ने तयारी गरेको गौतमलाई एमाले अध्यक्ष केपी शर्मा ओलीले उचित स्थान नदिने देखिएको छ । गौतम एमालेमा पनि प्रवेश गर्ने बाटो बन्द हुँदै गएको देखिन्छ । एमालेको केही दिन अघि बसेको बैठकमा गौतमको एमाले वर्हिगमन बारे चर्चा भए पनि उनलाई कुन स्थान दिने, कसरी व्यवस्थापन गर्ने भन्ने कुनै निर्णय भएन । त्यसैले गौतम कतै अटाएनन् । कुनै बेलाका हस्ती गौतम राजनीतिक आरोह अवरोहको क्रममा एक्लो बस्न बाध्य भएको देखिन्छ । उनले अभियान चलाए पनि उनको अभियान नचलेर उनी कि केपी ओली वा माधव नेपालसँग मिलेर राजनीतिक गर्नुपर्ने अवस्था आएको हो । नेकपा एकीकृत समाजवादीमा गौतम प्रवेश गर्ने करिब करिब कुरा मिलेको थियो तर उनले न माधव नेपाललाई चित्त बुझाए, न झलनाथलाई ।
त्यसो त एमाले अध्यक्ष केपी शर्मा ओलीलाई पनि गौतमलाई अहिले वरिष्ठ पद दिए आगामी दिनमा गौतम आफुभन्दा ठूलो हुने हो कि भन्ने पिर परेको देखिन्छ । त्यसैले गौतम जस्तो वरिष्ठ नेतालाई एमालेमा ओलीले कुनै पदन दिँदा कुनै फरक पर्ने थिएन ।