मिटरब्याज पिडक९साहुकार०लाई कारवाही कहिले ?

सम्पादकज्यू
मिटरब्याज पीडितहरुले फेरी आन्दोलन थालेका छन् । अघिल्लो साल यसै समयमा देशभरका पीडितहरु पैदलै काठमाडौं आएर १९ दिन सम्म आन्दोलन गरेपछि आयोग बनाएको थियो । सो आयोगले ३० हजारभन्दा बढी पीडितको उजुरी माथि छानबिन हुदै थियो तर यो आयोगलाई पनि विघटन९निष्क्रिय० गराएर अर्को आयोग बनाउनेमा सरकार छलफलमा लागेको बुझिएको छ । यतिबेला पीडितले न्याय पाइसक्नुपर्ने त कता हो कता विघटन गरेर पीडितलाई अलमल्याउने काममा सरकार लाग्नुले सरकार र साहुकार एउटै ड्याङका मुला रहेछन् भनेर बुझ्नुपर्ने अवस्था आएको छ ।
गत साल २०८० माघ १६ मा नेपालको सुदुरपूर्व काँकडभिट्टास्थित मेची पुल र पश्चिममा कञ्चनपुरको गड्डा चौकिबाट आन्दोलन सुरु गरेका मिटरब्याजी पीडितहरु चितवनमा जम्मा भई पैदलै हिडेर काठमाडौं आएका थिए । अहिले पनि आउने तयारीमा लागेका छन् । यो पटक पनि झुटा आश्वासन दिएर पीडितलाई फर्काउने होला । यसो गर्दा मिटरब्याजी पीडिकले सँधै उन्मुक्ति पाइरहने र पीडित सँधै अन्याय मै परिरहने निश्चित नै छ । अहिले साँवा ब्याज तिरी सकेका कतिपय मिटरब्याजी पीडितहरुलाई साहुकार९पीडक०ले साँवा ब्याज नतिरेको भनेर मुद्दा हालिरहेका छन् । उनीहरुले मुद्दा हालेपछि अदालतले पनि कागजातका पीडितहरुका जग्गा लिलामीको प्रक्रिया चलाई लिलामी गरीरहेको छ । यसो गर्दा पीडित झन पीडित हुँदै जाने र पीडक झन् झन मोटाउँदै जाने हुँदा म सम्बन्धित निकायलाई तपाईको पत्रिकामार्फत पीडकलाई कारवाही गरेर पीडितलाई न्याय दिने काम छिटो होस् भन्ने आग्रह गर्न चाहान्छु ।
छविलाल यादव
सप्तरी, हालः कुलेश्वर, काठमाडौं ।

LEAVE A REPLY